काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकका साथै कारोबार रकमसमेत बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर एक हजार नौ सय ३८ दशमलव ३० मा पुगेको छ ।
त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ९४ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय २७ कम्पनीको ४३ लाख ४६ हजार सात सय आठ कित्ता शेयर एक अर्ब ४६ करोड ७९ लाख १४ हजार आठ सय ७५ मूल्यमा कारोबार भएको छ ।
आज कारोबार भएका १३ उपसमूहमध्ये १० उपसमूहका शेयर मूल्यमा वृद्धि भएको छ । जसमध्ये बैंक, व्यापार र निर्जीवन बिमा उपसमूहका शेयर मूल्यमा गिरावट आएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ८५ लाख ६० हजार दुई सय १४ बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंक रु पाँच करोड ६६ लाख १७ हजार पाँच सय ९३, रिडी पावर कम्पनी पाँच करोड १९ लाख ९५ हजार आठ सय ५८ र गोर्खाज फाइनान्स तीन करोड ९४ लाख ४५ हजार छ सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार कर्पोरेट डेभलपमेण्ट बैंकको मूल्य आठ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कर्णाली डेभलपमेण्ट बैंकको आठ दशमलव ११, जोसी हाइड्रोपावर पाँच दशमलव ९७, मानुसी लघुवित्त वित्तीय संस्था पाँच दशमलव ७४ र ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ४० प्रतिशतले कमाएका छन् ।
त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ९६, माहुली लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ५०, माउण्टेन हाइड्रोको दुई दशमलव ४५, तारागाउँ होटलको दुई दशमलव ३७ र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले दुई दशमलव ३३ प्र्रतिशतले गुमाएका छन् ।