डोटी/बझाङ्ग । डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा गए राति गएको भूकम्पले क्षति पु¥याएको घर । तस्बिरः गणेशबहादुर मौनी÷रासस
मगलबार राति गएको भूकम्पबाट घर क्षति भएपछि बाहिर आँगनमा बसेका डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका स्थानीयवासी । तस्बिरः गणेशबहादुर मौनी÷रासस
आँगनमा खाना पकाउँदै भूकम्पपीडित
गए राति गएको भूकम्पबाट घर क्षति भएपछि बाहिर आँगनमा खाना पकाउँदै डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका स्थानीयवासी । तस्बिरः गणेशबहादुर मौनी÷रासस
भूकम्पले क्षति पु¥याएको घरको सामान निकाल्दै
डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा भूकम्पले घर भत्काएपछि पुरिएका घरका सामान निकाल्दै स्थानीयवासी । तस्बिरः गणेशबहादुर मौनी÷रासस
आँगनमा भूकम्पपीडित
गए राति गएको भूकम्पबाट घर क्षति भएपछि बाहिर आँगनमा झिटीगुन्टासहित बसेकी डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँकी स्थानीय । तस्बिरः गणेशबहादुर मौनी÷रासस
भूकम्पमा सक्रिय सुरक्षाकर्मी
डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा भूकम्पले क्षति पु¥याएको घरबाट सामान बाहिर निकाल्दै सुरक्षाकर्मी । तस्बिरः गणेशबहादुर मौनी÷रासस