सिन्धुली । सिन्धुलीको मरिणका विभिन्न वर्डाका दिदीबहिनीलाई खोर निर्माण पश्चात आर्थिक सहयोग गरिएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरि महिला समुहले बनाएको खोरको अनुगमन गर्नुका साथै निर्माणमा लागेको रकम हस्तान्तरण गरिएको हो ।
मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान, इन्जिनियर, पशु शाखाका प्रतिनिधिले खोर अवलोकन गर्नुका साँथै निर्माणको रकम प्रदान गरिएको छ । मरिण गाउँपालिकामा हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग, हेण्डस् नेपालको व्यवस्थापनमा सञ्चालित साझेदारिमा कृषि तथा पशु उधमशिलता बिकास परियोजना संचालन भईरहेको छ ।
अवलोकन पछिको चेक हस्तान्तरण कार्यक्रममा पालिकाका उपाध्यक्ष विमला माझी १,२,४ र ७ का वर्डा अध्यक्षहरु , गाउँपालिकाका इन्जिनियर बिनित ओझा, सामाजिक विकाश शाखा सुदिप केसि, पशु शाखा बिष्णु सापकोटा र हेण्डस् नेपालका परियोजना संयोजक मिन बहादुर राय र हेण्डस् नेपालका कर्मचारी तथा समुहका सदस्यहरु उपस्थिति रहेको थियो ।
बुधबार सम्पन्न भएको खोर अवलोकन तथा रकम हस्तान्तरण कार्यक्रममा मरिणका ७ नम्बर वर्डाका ३६ वटा सुधारिएको खोरलाई चेक हस्तान्तरण गरिएको छ ।
यस्तै वर्डा नम्बर १ को २१ वटा र वडा न २ को २७ वटा र वडा न ४ मा २७ वटा खोर निर्माण पछि आर्थिक सहयोग स्वारुप हस्तान्तरण गरिएको हो । व्यवसायीक रुपमा पशुपालनमा लाग्नु भएका कृषिक महिला दिदी बहिनीलाई प्रोत्साहन स्वारुप आर्थिक सहयोग गरिएको आयोजक संस्थाले जनाएको छ ।