काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन हुनुभएको छ। शनिबार काठमाडौंमा भएको आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो।
मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना निर्वाचित हुनभएको छ। महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन हुनुभएको छ।
यस्तै सदस्यहरुमा समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा, सिर्जना कार्की हुनुहुन्छ ।
आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट प्रदेश सयोजक पनि तोकिएको छ । प्रदेश १ मा जुना भट्टराई,मधेस प्रदेशमा सुष्मा कर्ण (स्नेहा), वाग्मती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा बिना न्यौपाने, लुम्बिनी प्रदेशमा बासुदेव न्यौपाने, कर्णाली प्रदेशमा कृष्ण आचार्य चयन हुनुभएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश भने पछि कार्यसमितिले तोक्ने जनाएको छ । मञ्चले स्वास्थ्य पत्रकारको हकहित र स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आईरहेको छ ।