नुवाकोट । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर २ स्थित रालुका स्वास्थ्य चौकी प्रसूति केन्द्र उद्घाटन गरिएको छ ।
शनिबार एक समारोहबीच तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले प्रसूति केन्द्र उद्घाटन गर्नुभएको हो । कार्यक्रममा तादी गाउँपालिका उपाध्य सन्जु प्याकुरेल, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, स्वास्थ्य संयोजक विनोदराज खरेल, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति र रालुकावासीको समेत उपस्थितिमा थियो ।
वर्थिङ सेन्टर संचालनपश्चात् समग्र रालुकावासी प्रत्यक्ष लाभान्वित हुनुको साथै गुणस्तरीय मातृत्व सेवामा पहुँच र आधारभूत मातृ तथा शिशु स्याहारमा समेत विशेष सेवा उपलब्ध हुने अध्यक्ष तामाङले अपेक्षा राख्नुभयो ।
यस्तै शुक्रबार उर्लेनी स्वास्थ्य चौकी प्रसूति केन्द्र पनि उद्घाटन गरिएको थियो । समारोहमा अध्यक्ष सन्तमान तामाङ, उपध्याक्ष संजु प्याकुरेल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, स्वास्थ्य प्रमुख विनोदराज खरेल, हेल्पोष्ट ईन्ज पाण्डप थापा, वडाध्यक्ष नकुर दोङ तामाङ, निर्वाचित वडासदस्यहरु, दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्था प्रतिनिधिहरु, स्वास्थ्य कर्मचारीहरुको उपस्थिति थियो ।