नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका- गौखर्कमा कांग्रेस, एमाले र राप्रपा छाडेर झण्डै ३ दर्जन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादीको शनिबार आयोजित दुप्चेश्वर २ नम्बर र ७ नम्बर वडा सम्मेलनका क्रममा ३१ जना नेता, कार्यकर्ता पार्टी प्रवेश गरेको माओवादी दुप्चेश्वरले जानकारी दिएको हो । नवप्रवेशीलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संघीय सांसद हितबहादुर तामाङ लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।
माओवादीले दिएको नामावलीअनुसार एमालेबाट रेग्पा तामाङ, कांग्रेसबाट तोकपेन तामाङ, आशेक तामाङ, राजु तामाङ, कृष्णाा तामाङ, रामबहादुर तामाङ, जिरलामा तामाङ, मानसिं तामाङ, टंक तामाङ, राप्रपाबाट शिरलामा तामाङ पार्टी प्रवेश गर्नुभएको छ ।
यस्तै कांग्रेसबाटै बुद्धिमान तामाङ, अन्तरसिंह तामाङ, नुर्बु तामाङ, सुनिल तामाङ, यमबहादुर तामाङ, रुपलामा तामाङ, इरमान तामाङ, वीरेन्द्र तामाङ, मारमेन्दो तामाङ, सुनमाया तामाङ, साइँली तामाङ, मुइलामा तामाङ, टेकबहादुर तामाङलगायत हुनुहुन्छ । पार्टी प्रवेश गर्नेहरु सबै दुप्चेश्वर २ का रहनुभएको छ ।
'जनतासँग माओवादी' विशेष रुपान्तरण ४ महिने अभियानको क्रममा माओवाद केन्द्र दुप्चेश्वर गाउँपालिका वडा न.२ र ७ मा शनिबार वडा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले वडा न. २ लक्ष्मण तामाङको नेतृत्वमा २९ सदस्यीय समिति चयन गरेको छ । त्यसैगरी वडा न. ७ मा पनि नेमा तामाङको नेतृत्वमा २९ सदस्यीय समिति चयन भएको माओवादीले जनाएको छ । त्यही बीचमा वडा न. २ र ७ मा वाईसीएल नेपाल वडा समितिहरु पनि निर्माण गरिएको छ । २ न. वडामा विश्वासकुमार तामाङको नेतृत्वमा र ७ न.वडामा दावा तामाङको नेतृत्वमा वाइसीएल वडा समितिहरु निर्माण भएका छन् ।