काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो ।
कोशी प्रदेश
इन्चार्ज : हरिबोल गजुरेल
सहइन्चार्ज : साबित्रीकुमारी काफ्ले
मधेस प्रदेश
इन्चार्ज : लीलामणि पोखरेल
सहइन्चार्ज : विश्वनाथ साह
वाग्मती प्रदेश
इन्चार्ज : अग्निप्रसाद सापकोटा
गण्डकी प्रदेश
इन्चार्ज : दीनानाथ शर्मा
सहइन्चार्ज : हरिराज अधिकारी
लुम्बिनी प्रदेश
इन्चार्ज : चक्रपाणि खनाल
सहइन्चार्ज : कुलप्रसाद केसी
कर्णाली प्रदेश
इन्चार्ज : कालिबहादुर मल्ल
सुदूरपश्चिम प्रदेश
इन्चार्ज : गिरिराजमणि पोखरेल
सहइन्चार्ज : बीना मगर
तोकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
प्रवास प्रदेश समिति (मध्यपूर्व)
इन्चार्ज : पम्फा भुसाल
भारत
इन्चार्ज : लक्ष्मण पन्त
सहइन्चार्ज : टिबी पाठक
युरोप–अमेरिका
इन्चार्ज : सुरेन्द्रकुमार कार्की
विशेष प्रदेश समिति
इन्चार्ज : हितमान शाक्य
सहइन्चार्ज : यशोदा सुवेदी
केही प्रदेशको सहइन्चार्ज तोक्न बाँकी रहेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताउनुभयो । बैठकले सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्नो निर्वाचित जिम्मेवारीअनुसार कार्यरत रहने निर्णय गरेको छ ।
कार्यविभाजनलाई लिएर माओवादीका उपमहासचिव जनार्दन शर्माले असहमति प्रकट गर्नुभएको छ । बैठकले आगामी चैत १ गतेदेखि गर्ने भनिएको मधेस तराई राष्ट्रिय जागरण अभियान आगामी चैत १५ गतेदेखि गर्ने निर्णय गरेको छ । समय अपुग भएकाले तयारीका लागि उक्त अभियान १५ दिनपछि सारिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले हिमाल, पहाड, मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
बैठकमा मिटरब्याजी, लघुवित्त समस्याका बारेमा वार्ता भइरहेकाले त्यसलाई सार्थक निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ । साथै दुग्ध किसानलगायत समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।