काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १७ सदस्यीय भएको छ ।
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत, उर्जा, रेखा शर्मा, सञ्चार र हितबहादुर तामाङ, पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यस्तै नेकपा एमालेबाट घुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा मन्त्रालय, भगवति चौधरीलाई महिला बालबालिका, राजेन्द्र राईलाई खानेपानी, दामोदर भण्डारी, उद्योग, ज्वालाकुमारी साहलाई कृषि र बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृह, डीपी अर्याललाई श्रम मन्त्रालय , विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद र सुमना श्रेष्ठ, शिक्षा मन्त्रालयलेको जिम्मेवारी प्रदान गरिएको छ ।
एकीकृत समाजवादीबाट भानुभक्त जोर्शी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा, सहहरी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।