धरान । नेपाली कांग्रेसले क्षेत्र नं.१ सुनसरी अन्तर्गत पर्ने धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको विभिन्न पूर्वाधारहरुको अनुगमन गरेको छ ।
कांग्रेसले धरान ५ मा निर्माण भईरहेको दशघरे समाजको सामुदायिक भवन, धरान १५ मा निर्माण भईरहेको ओखलढुङ्गा सेवा समाजको भवन, धरान १५ मै निर्माण भईरहेको ङ्युने लाखाङ गुम्वाको ध्यानकेन्द्र, धरान ८ मा निर्माण भईरहेको श्रीहिमालय महायामन रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्वाको पानी टंकी र बराह नगरपालिकामा रहेको बराहक्षेत्र मन्दिरको निर्माणाधीन भौतिक संरचनाको अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, क्षेत्र नं। १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, बराहक्षेत्र नगर प्रमुख रमेश कार्की लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।
अनुगमन गरिएका निर्माणाधीन पूर्वाधारहरु कोशी प्रदेश सरकार, प्रदेश सांसद कोष ९मा।ममता तामाङ०, गुम्वा व्यवस्थापन समिति लगायतको सहयोगमा निर्माण भईरहेको हो । अनुगमन पश्चात सन्तोषजनक रुपमा पूर्वाधार निर्माणको काम भईरहेको प्रतिक्रिया सांसद ममता तामाङले बताउनुभयो ।
अधुरो योजनाहरुलाई पूर्णता दिन आगामी वर्षमा समेत बजेट विनियोजनका लागि पहल गरिने बताउनुभयो ।
अनुगमनको समन्वय र संयोजन क्षेत्रीय सभापति सुजेन्द्र तामाङले गरेका गर्नुभएको थियो ।