सिन्धुली , मरिणको खलंगा डाँडामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । फोरजी सेवा संचालनमा आए पछि विभिन्न स्थानका १० हजार नागरिकले सेवा पाएका छन् ।
मरिणको वडा नम्बर १ खलंगा डाँडामा नयाँ टावर सञ्चालनमा आए पछि गाउँपालिकाका सिर्थौली ,सखौरी सिर, कार्तिके, भदौरे, मान्द्रे ,टुँडिखेल, बेतपानी ,ठुलिदमार ,सुकेखोला लगायत विभिन्न स्थानका नागरिकले सेवा पाएको गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।
मरिण गाउँपालिकाले फोरजी सेवा सहितको टावर राख्नको लागि एक वर्ष अघि देखि नेपाल टेलिकमको संघीय कार्यालयमा पहल गरेको पालिकाले जनाएको छ । टावरको लागि विगत ६ महिना देखि निर्माण थालिएको थियो ।
यस अघि मरिणको वरुन, मथौली, छाँप ,नयाँवस्ती ,महेश्वत्ता, सुनखानी, देउजोर मा टेलिकमको टावर राखिएको थियो । समथर भूभागमा हुँदा सेवा सोचे जस्तो नभएको भन्दै अध्यक्ष मुक्तानले अहिले खलगाँ डाँडामा राखिएको टावरले धेरै ठाउँको नागरिकलाई लाभ मिलेको बताउनुभयो ।