सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।
शनिबार गाउँपालिकाको दोस्रो गाउँसभा तथा पाँचौं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान ‘प्रख्यात’ले आव ०८१÷०८२ का लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष बिमला माझीले बजेट सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मोक्तानले कृषि तथा पशुपंछी विकास ,पर्यटन, जलश्रोत तथा सिंचाई, उर्जा, लघु तथा साना जनविद्युत – वैकल्पिक उर्जा, शासन प्रणाली, कानून तथा न्याय, तथ्याङ प्रणाली, जल उत्पन्न प्रकोप नियन्त्रण, विपद् व्यवस्थापन,भाषा तथा संस्कृति, युवा तथा खेलकुद, शिक्षा तथा स्वास्थ्यका विषय गाउँपालिकाको प्राथमिकतामा परेको जनाउनुभयो ।
सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्च वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, वातावरण तथा विपद्ध व्यवस्थापन, सामाजिक विकास, कार्यालय संचालन तथा प्रशासनिक मरिण गाउँपालिकाको प्राथमिकता परेको छ ।
गाउँ सभामा आगामी आर्थिक वर्ष ०८१÷०८२ का लागि ६३ करोड ६० लाख ६३ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।
पुँजीगत तर्फ २० करोड ३९ लाख ९५ हजार र चालु तर्फ ४३ करोड २० लाख ६८ हजार ८ सय रुपैयाँ गरी कुल ६३ करोड ६० लाख ६३ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।
(विवरण सहित)