सिन्धुली । मरिण गाउँपालिकामा साउन १४ गतेदेखि घुम्ती शिविर सञ्चालन भइरहेको छ । वडा नम्बर एक खलङ्गाबाट सुरु भएको घुम्ती शिविर साउन २१ गते सम्म सञ्चालन हुने छ ।
०८०–०८१ को पहिलो चौथो त्रैमासिक घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता बितरण तथा जेष्ठनागरिकहरूको निशुल्क स्वास्थ्य परिक्षण र नवीकरणको सेवा नागरिकले लिइरहेका छन् ।
शिविर मरिण गाउँपालिकाको आयोजना र राष्ट्रिय वाणिज्य बैक कपिलाकोट शाखाको सहकार्यमा सञ्चालन गरिएको हो ।
चौमासिक घुम्ती सेवा मार्फत जेष्ठनागरिक, एकल महिला÷पुरुष, दलित बालबालिका लगायत सामाजिक सुरक्षा भत्ता पाउने सबै नागरिकको भत्ता वितरण तथा नवीकरण भइरहेको छ ।
स्वास्थ्य शिविरमा परिक्षण पछि समस्या देखिएको नागरिकलाई पालिकाले निःशुल्क औषधि वितरण गरिएको जनाएको छ ।
भत्ता लिन बैँक सम्म धाउँदा नागरिकले सास्ती खेप्नु परेकोले बैँक सँगको सहकार्यमा शिविर मार्फत गाउँमै भत्ता वितरण गरिएको अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।
यस्तो रहेको छ शिविरको तालिका
घुम्ती शिविर साउन १४ देखि सुरु भई साउन २१ गते सम्म सञ्चालन हुने छ । साउन १४ गते खलङ्गा, १५ गते मा।वि रातामाटा परिसर र वडा कार्यालय मुङरग्रे, साउन १६ गते सामुदायिक स्वास्थ्य इकाई भवन बरुणमा बिहान ७ बजेदेखि ११ बजेसम्म र वडा कार्यालय मथौलीमा दिउँसोको १२ बजेदेखि २ बजेसम्म शिविर सञ्चालन हुने छ ।
यस्तै साउन १७ गते बिहान ७ बजेदेखि ११ बजे सम्म मा.वि खयरसाल परिसर र वडा कार्यालय साहानमा दिउँसो १२ बजेदेखि २ बजे सम्म , साउन १८ गते बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म वडा कार्यालय बडीमुहान, साउन २० गते बिहान ७ देखि ११ बजे सम्म आ।वि देउराली परिसर र वडा कार्यालय छापमा दिउँसो १२ बजे देखि २ बजे सम्म शिविर सञ्चालन हुने छ ।
यस्तै घुम्ती शिविरको अन्तिम दिन साउन २१ गते वडा कार्यालय जयमंगलमा बिहान ७ बजेदेखि दिउँसो २ बजे सम्म सञ्चालन हुने पालिकाले जनाएको छ ।