काठमाडौं । सिन्धुली मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ‘ग्यालेक्सी एक्सलेन्ट अवार्ड, २०२४’ बाट सम्मानित हुनुभएको छ । काठमाडौंमा एक समारोहका बिच उहाँलाई निखिला मिडिया नेटवर्क तथा भवानी इन्टरटेनमेन्ट अवार्डले प्रदान गरिएको हो ।
मरिण गाउँपालिकाले आ.ब २०७९÷०८० मा वित्तिय सुशासन जोखिम मल्याङ्कन मा ९७.५ अर्थात सर्वोत्कृष्ट अङ्क प्राप्त गरी देशभरका ७५३ स्थानीय तहमध्ये देशकै प्रथम हुँर्दै न्यून वित्तिय जोखिम नाम दर्ज गराउँन सफल भएको थियो ।
यस्तै स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा (LISA) मा ९४.७५ सर्वोत्कृष्ट अङ्क प्राप्त गरि सुशासनको मामिलामा अब्बल सावित गराउँनु भएको थियो । देशभरका ७५३ स्थानीयतह मध्ये वित्तिय सुशासनमा अब्बल काम गर्ने सिन्धुलीको मरिण गाउँपालिका अध्यक्ष मोक्तानलाई सो अवार्ड प्रदान गरिएको हो ।
उहाँलाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अवार्ड प्रदान गर्नु भएको थियो । गाउँपालिकालाई सक्षम बनाउँन मिसन र भिजन लिएर निरन्तर अघि बढ्ने सक्रिय अध्यक्ष हुनुहुन्छ ।
अध्यक्ष मोक्तान वि.स २०७४ सालको निर्वाचनमा वडा अध्यक्ष हुँर्दै २०७९ को निर्वाचनमा मरिण गाउँपालिकाको अध्यक्षमा भारीमतले निर्वाचित भएर समग्र मरिणको समृद्धिमा काम गरिरहनु भएको छ ।
ग्लोबल मिडियासँगको कुराकानीमा अध्यक्ष मोक्तानले निरन्तर मेहनत गर्दा सफलता आफै प्राप्त हुन्छ भन्ने भनाई आज पुष्टि भएको छ, मल्याङ्कन गरेर सम्मान पाउँदा निकै खुशि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले सबैसँग सहकार्य गरेर काम गरेका हौं, सबैको साथ र सहयोगले अहिले गाउँपालिकाले यो अवार्ड पाउन सफल भएको छ , सफलता प्राप्त पछि सबैले चिन्नुहुदोरैछ, जनताको सेवामा हामी यसरीनै निरन्तर लागिरहने छौ ।’