घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिका-५ भद्रुटारमा सञ्चालित कुण्डला माध्यमिक विद्यालयबाट २०६० मा एसएलसी (प्रवेशिका परीक्षा) दिएका विद्यार्थीहरुको भेटघाट तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कुण्डला २०६० एसएलसी व्याजको पुनर्मिलन कार्यक्रम शनिबार काठमाडौं टोखा नगरपालिका-३ स्थित टोखा भ्यू रिसोर्टमा सम्पन्न भएको हो । झन्डै २२ वर्षको अन्तरालमा भेटिएका विद्यार्थीहरु खुसीले गदगद हुँदै खुलेर आ-आफ्ना भनाइ राखेका थिए । उनीहरुले हाल आबद्ध पेसा/व्यवसाय, पारिवारिक स्थितिलगायत विषयमा अनुभव र ज्ञान आदानप्रदान गरेका थिए ।

सहभागी दिपक तामाङले कार्यक्रमको व्यवस्थापनमा खटिँदा पाएको सास्ती भेटको माहोलले भुलेको भन्दै त्रुटि भएमा सच्याउँदै लैजाने प्रतिबद्धता जनाए । उनले भेटघाटलाई यसैमा सीमित नराखी आगामी दिनमा निरन्तरतासहित शैक्षिक र सामाजिक कार्यमा एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
त्यस्तै श्याम तामाङले सहकारी वा अन्य मोडलमा भए पनि २०६० को व्याजीलाई संस्थागत रुप दिएर अगाडि बढाउँदा उपयुक्त हुने धारणा राखे । कार्यक्रम संयोजन गरेका रामकुमार खतिवडाले सहभागी सबैलाई धन्यवाद दिँदै उपस्थित नभएका साथीहरुलाई आगामी कार्यक्रममा समेट्न प्रयास गरिने बताए ।
अन्य सहभागीहरुले आउँदो दिनमा नयाँ पर्यटकीय गन्तव्यमा वनभोज कार्यक्रम राखिनुपर्ने, सामूहिक रुपमा विद्यालय र अन्य सामाजिक कार्यमा सहयोग पुर्याउनुपर्नेमा जोड दिएका थिए । नाचगानसहितको कार्यक्रममा सामूहिक रुपमा केक काट्ने र तस्बिर खिचिएको थियो ।
उक्त पहिलो भेटमा दिपक तामाङ, रामकुमार खतिवडा, यादवप्रसाद पाण्डे, शंकर पाण्डे, इन्द्रबहादुर तामाङ, सन्तोष गुणी, रामहरि खनाल, दिनेश श्रेष्ठ, सुरज पोखरेल, मछिन्द्र दंगाल, सुरेन्द्र पाण्डे, गीता पराजुली, राधिका गुणी, सुष्मा डंगोल, अप्सरा उप्रेती, सुनिता डंगोल, भगवती कँडेल, कमला बखती, राधिका खनाल, गंगा तामाङ उपस्थित थिए ।
यस्तै देवी उप्रेती, सुष्मिता पाठक, तुलसा श्रेष्ठ, कृष्णबहादुर तामाङ, श्यामकुमार तामाङ, टिकाराम तामाङ, राजु श्रेष्ठ, ईश्वर पाण्डे, प्रल्हाद सिटौला, महेश पाण्डेलगायतको सहभागिता थियो ।