काठमाडौं । सन् २०२६ मा तामाङ समुदायबाट ४३ जनाले गरे सगरमाथा लगायत विभिन्न हिमाल आरोहणगरेका छन् । तामाङ सगरमाथा आरोही सङ्घले आज बौद्धमा एक कार्यक्रम आयोजना गर्दै यस्तो जानकारी गराएको हो । हिमाल आरोहण गर्ने आरोहीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
तामाङ आरोही सङ्घका अध्यक्ष शर्मिला स्याङतान्को अध्यक्षता तथा सांसद पर्शुराम तामाङको विषेश आतिथ्यमा भएको कार्यक्रममा सांसद तामाङले नेपाली सँगै तामाङ समुदायको शिर उच्च बनाएको भन्दै आभार व्यक्त गर्नुभयो ।
हिमाल आरोहणमा उल्लेख्य मात्रामा तामाङ समुदायको सङ्ख्या बढ्नु सकारात्मक भएको भन्दै उहाँले हिमाल आरोहण मात्रै नभएर नेपालको पर्यटन क्षेत्रको समृद्धि सँगै सांस्कृतिक रुपमा पनि अघि बढ्ने मुख्य क्षेत्र रहेको बताउनुभयो । हिमाल आरोहण तथा पर्यटन क्षेत्रमा कानून निर्माणमा आफूले सकेको सहयोग गर्ने पनि सांसद तामाङले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सयौँ वर्ष अघिदेखि पर्यटन क्षेत्रमा तामाङ समुदायको योगदान भएपनि अहिले सम्म कुनै पनि दस्तावेज नभएको भन्दै संस्थाका अध्यक्ष स्याङतान्ले सम्पूर्ण आरोही सङ्गठित हुनको लागि सङ्घको सुरुवात गरिएको बताउनुभयो । साथै उहाँले सङ्घ विशुद्ध हिमालमा काम गर्ने व्यक्तिहरूको हितको लागि खोलिएको संस्था भएको भन्दै नयाँ आरोहीलाई सदस्यता लिनको लागि पनि आग्रह गर्नुभएको छ ।
विभिन्न ४१ जना मध्ये ३९ जनाले सफलता पूर्वक सगरमाथा आरोहण गरेका छन् । कार्यक्रममा पर्यटन व्यवसायी लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
( नामावली सहित )
1. Anish Tamang (Everest, Annapurna)
2. Ashok Lama (Kavrepalanchok) (Everest, Annapurna)
3. Birman Tamang (Nuwakot) (Everest)
4. Chatur Kumar Tamang (Solukhumbu) (Everest)
5. Dhansing Tamang (Solukhumbu) (Everest)
6. Dharma Tamang (Everest)
7. Gesman Tamang (Everest)
8. Jit Bahadur Tamang (Everest)
9. Jeeban Tamang (Everest, Lhotse)
10. Karbo Tamang (Rasuwa) (Everest)
11. Lal Bahadur Tamang (Everest)
12. Lakpa Tamang (Dolakha) (Everest, Lhotse)
13. Lankaram Tamang (Solukhumbu) (Everest, Nuptse)
14. Man Bahadur Tamang (Dolakha) (Everest, Lhotse)
15. Mingmar Lama (Everest)
16. Mitra Bahadur Tamang (Dolakha) (Everest)
17. Mohan Singh Tamang (Makalu)
18. Ningma Tamang (Dolakha) (Everest, Lhotse)
19. Pemba Tamang "Shyam" (Khotang) (Everest)
20. Pema Tasi Tamang "Sensai" (Sindhupalchok) (Everest)
21. Purna Lopchan (Rasuwa) (Everest)
22. Rajdeep Tamang (Everest)
23. Raksha Raj Tamang (Everest)
24. Saila Tamang (Everest)
25. Sanduk Tamang (Solukhumbu) (Everest)
26. Santa Man Tamang (Solukhumbu) (Everest)
27. Sante Tamang (Dolakha) (Everest)
28. Sarita Tamang (Everest)
29. Sonam Lama (Everest)
30. Subash Tamang (Okhaldhunga) (Everest)
31. Subha Raj Tamang (Everest, Lhotse)
32. Suk Bahadur Tamang (Everest)
33. Suman Tamang (Solukhumbu) (Everest)
34. Sunil Ghalan (Nuwakot) (Everest)
35. Taraman Tamang (Annapurna, Makalu, Lhotse)
36. Vision Lama (Kavre) (Everest)
37. Gyalbo Tamang (Sindhupalchok) Everest
38.Maila Tamang (sindhupalchok)Everest
39.Saila Tamang(Sindhupalchok ) Everest
40 . Bir Bahadur tamang ( sankhuwasava)
41 .Bir Kaji Tamang ( sankhuwasava)
42 . Lal kumar tamang
43.Lal kumar Tamang (Mane)