काठमाडौं। लायन्स क्लब अफ काठमाडौं डायमण्ड सिटी, डिस्ट्रिक्ट ३२५ एफ, नेपालले बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ नुवाकोटमा राहत सामग्री वितरण गरेको छ। “We Serve with Compassion, We Rise with Humanity” भन्ने मानवीय सेवाको भावनासहित विपद्मा परेका परिवारलाई लक्षित गरी दैनिक जीवनमा आवश्यक विभिन्न राहत सामग्री वितरण गरिएको हो।
कार्यक्रममा सेनिटरी प्याड १५० पिस, पेटीकोट १५० पिस, ठूलो साइजका चप्पल २०० जोडी, नुहाउने साबुन १२० पिस, लुगा धुने साबुन १२० पिस, लेडिज सल/इनरवेयर ५० पिस, जेन्स अन्डरवेयर १०० पिस, लेडिज अन्डरवेयर १०० पिस, ब्रा ६० पिस, वयस्कका हाफ प्यान्ट ५० पिस, टावल २०० पिस, डसना २० पिस, सिरक तथा कभर २० सेट, बेडसिट २० पिस, ब्ल्याङ्केट २० पिस तथा बालबालिकाका अन्डरवेयर १०० पिस लगायतका सामग्री वितरण गरिएको थियो।
त्यसैगरी, बाढीबाट प्रभावित बालबालिकाहरूको मानसिक तथा शारीरिक मनोरञ्जनसँगै सिकाइलाई समेत ध्यानमा राख्दै विभिन्न खेलकुद तथा शैक्षिक सामग्री उपलब्ध गराइएको थियो। क्यारम बोर्ड, फुटबल, विभिन्न खेलौना, ड्रइङ तथा कलरिङ सामग्री र एजुकेसनल किड्स सामग्रीलगायत बालबालिकाका लागि आवश्यक सामग्रीहरू वितरण गरिएको क्लबले जनाएको छ।
विपद्को कठिन परिस्थितिमा रहेका बालबालिकालाई केही समयका लागि भए पनि खुसी, मनोरञ्जन र सिकाइको अवसर प्रदान गर्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो। लायन्स क्लब अफ काठमाडौं डायमण्ड सिटीका जीएसटी कोअर्डिनेटर लायन अर्जुन कार्की एमजेएफले उक्त राहत तथा सहयोग कार्यक्रमबारे जानकारी दिँदै विपद्को समयमा पीडित परिवारसँगै उभिनु सामाजिक तथा मानवीय दायित्व भएको बताए।