काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मनोनीत हुने केन्द्रीय सदस्यका लागि ९७ जनाको नाम प्रस्ताव गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रदेश कमिटीहरुबाट सिफारिस भएकाहरु मध्येबाट ९७ जना सदस्यहरूको नाम वाचन गरी प्रस्ताव गर्नुभएको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्य र केन्द्रीय प्रतिनिधिका लागि छुट्टा छुट्टै प्रस्ताव पेश गरिएको केन्द्रीय सदस्य हितबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा नाम प्रस्तुत गरिएका नामावली अनुसार नै केन्द्रीय सदस्य मनोनित हुने उहाँले जानकारी दिनुभयो । माओवादीले पौषमा सम्पन्न आठौं महाधिवेशनबाट २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।
माओवादी केन्द्रीय समितिमा युवालाई प्राथमिकता
जारी बैठकबाट पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो नटुंगिने नेता तामाङले बताउनु भयो ।
बैठक समसामयिक राजनीतिक विषय र स्थानीय चुनावको बारेमा योजना बनाएर आज नै समापन हुने माओवादीले जनाएको छ ।
दलित पुरुष : शंकर दुलाल, ठाकुर विक, टेकबहादुर मिजार, रणेन्द्र बराइली, कर्णबहादुर बिक, रामलाल बिक
दलित महिला : अनिता परियार
दलित महिला युवा : सपना परियार
मुस्लीम पुरुष : अत्तर हुसेन, रजि हैदर, ओहिद अन्सारी, इश्रार खान
मुस्लीम महिला : शेख चाँद तारा
मधेशी पुरुष : सूर्यनाथ यादव, अशोक जयशवाल, सत्यनारायण भगत, दिलिप शाह, उमेशकुमार यादव, रामसिं यादव, राधेश्याम पासवान, शिवराम यादव
मधेशी महिला : निशा साह, इन्धु शर्मा, तारा महतो, रबी कर्ण, सुनिता महतो, अनिता हरिजन, सोनिया यादव
खस आर्य महिला : भेषकुमारी रावत, भवानी थापा, कञ्चन खनाल, गंगा दाहाल, कमला नहर्की, करुणा बस्नेत, सीता आचार्य
खस आर्य पुरुष : गोविद पौडेल, दिपक कोइराला, कमल चुडाली, नारायण अधिकारी, गगनबहादुर खड्का, मंगल शाही, कर्णबहादुर बस्नेत, झपट साउद, शिव सिंह ओली, रत्न ढकाल, नरेन्द्र न्यौपाने, सन्तोष विष्ट, तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, दिपक देवकोटा, उत्तम अधिकारी, विजय गौतम, प्रकाश विकल्प, विमल अधिकारी, डा भरत लामिछाने
जनजाती पुरुष : देवेन्द्र श्रेष्ठ, क्षेत्रबहादुर श्रेष्ठ, कुशल लिम्बु, दिर्घराज श्रेष्ठ, धनबहादुर मास्की, दिपेश महर्जन, राजकाजी श्रेष्ठ, रञ्जित तामाङ, सत्यनारायण शेरचन, भीमकुमारी वाड्खा
जनजाती महिला : पार्वती पुन, धनकुमारी रोका, दिलमाया रोका, दुर्गा राई, सिर्जना तरामु
थारु पुरुष : विजय महतो, विनिता थारु
खस आर्य युवा : जीवन आचार्य, सुमन देवकोटा, सुदिप कुँवर, रमेश मल्ल, खिल प्रसाद बुढाथोकी
केन्द्रीय प्रतिनिधिहरुबाट : बाबुराम गौतम, सूर्यमान दोङ, इन्द्र गोतामे, पारसमणि, शैगेन्द्र घिमिरे, कपिल लामा
प्रस्तावित केन्द्रिय प्रतिनिधि :
विष्णु सापकोटा, हरि ज्ञवाली, टेकेन्द्र भट्ट, गोपाल शर्मा, खोपबहादुर कणेल, झलक सिं दर्लामी, डीपी ढकाल, कालीबहादुर मगर, सुनिता गौतम, सावित्री बुढाथोकी, सरस्वती न्यौपाने, अमृता नेपाल, कृष्णा केसी, रामनारायण बिडारी