काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारको १० प्रतिबद्धता सार्वजनिक भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदका प्रत्यासी मिठाराम अधिकारी र नगर उपप्रमुख पदमा अनिता लामा चुनावी मैदानमा हुनुहुन्छ । उमप्रमुखका प्रत्यासी लामाका अनुसार बुढानीलकण्ठमा खानेपानीको समस्या आम नगरवासीको मूल मुद्दा रहेको बताउनुभयो । बुढानीलकण्ठ जस्तो जलाधारयुक्त क्षेत्रमा खानेपानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी सोच, खोज र कार्यान्वयनको प्रमुख प्राथमिकताका साथ अघि बढ्ने उहाँले प्रतिबद्ध जनाउनुभएको छ ।
१. सुशासनमा जोड, भ्रष्टाचार निर्मूल
२. अनलाइन बेस, पेपर लेस : सहज सेवा प्रभावकारिता
३. उद्यमशीलता र रोजगार, कृषि तथा सहकारी आधार
४. स्थानीय कला, संस्कृति, सभ्यता : हाम्रो पूँजी र सौन्दर्यता
५. लैँगिक समानता, विभेदलाई निषेध : युवाहरु विशेष
६. शिक्षाको घाम, पर्यावरण जोगाम्
७. पर्यटन बजार, सुलभ स्वास्थ्य : शान्ति सुव्यवस्था
८. विपदमा राहत, गरिबी विरुद्ध संघर्ष
९. हिँसामुक्त समाज, परिवर्तनका आवाज
१०. सरल जनप्रतिनिधि : जनता हाम्रो निधि
यस्तै खानेपानीको समस्या समाधानको लागि खानेपानीको प्राकृतिक स्रोत पहिचान, संकलन र स्वस्थ्य भण्डारण व्यवस्थाप, व्यवस्थित पाइपलाइन र वितरण प्रणाली बिस्तार, नगरपालिकाभित्रका सबै खानेपानी सेवा प्रदायक समितिहरूको एकीकृत सेवा व्यवस्थापन गरिने उल्लेख छ ।
'नियमन तथा सेवा पारदर्शिता, सेवा एकरूपता,मेलम्ची परियोजनाअन्तर्गत व्यवस्थित वितरण,खडेरीको समयमा वा आपतकालीन आपूर्ति व्यवस्थापनका लागि आन्तरिक खानेपानी स्रोत (जमिन मुनीको पानी) बोरिङ सेवा सञ्चालन तथा विभिन्न खानेपानी सेवा आपूर्ति व्यवस्थापकहरूसँग सुलभ सेवा सम्झौता सँगै हामी प्रतिबद्धता जाहेरमात्रै गर्दैनौं, साँच्चिकै पूरा गर्न प्रतिबद्ध छौं,' लामाले भन्नुभयो ।