धरान । सोनी शेर्पाको अध्यक्षतामा सुनसरीको धरानमा ६ मा नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ गठन गरिएको छ । उपाध्यक्षद्वयमा सजूँ कटवाल र रुका दर्लामी, सचिवद्वयमा सुनिला राई र रमिला बस्नेत, कोषाध्यक्षमा गीता विशंखे चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा चम्पा तामाङ, गंगादेवी तामाङ, लक्ष्मी योञ्जन, निशा श्रेष्ठ, डम्बर कुमारी विश्वकर्मा, रूपा राई, तारा कटवाल र निरू विशङ्खेलाई सर्वसम्मत चयन गरिएको छ ।
नेपाली कांग्रेस वडा कार्यसमिति, धरान ६ को पहलमा नेपाल महिला संघ प्रदेशसभा १ (१) को सभापति निर्मला नेपालको उपस्थितिमा संघको गठन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरी १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रममा प्रदेशसभा १(१) की उपसभापति झुमादेवी राई, धरान उपमहानगर सचिव जितेन्द्र राई, ६ नं. कार्यवाहक वडा सभापति वीरबहादुर कार्की, वडा सचिव दिशान श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा कार्यावाहक सभापति वीरबहादुर कार्कीको अध्यक्षतामा वडा कार्यसम्पादन समिति समेत उद्घोष गरिएको थियो । कार्यसम्पादन समितिमा दिशान श्रेष्ठ, शरण मंग्राती, कृष्णकुमार राई (भुपाल), देवेन्द्र दाहाल, तारा कटवाल, दिपा गौतम, दिलु मगर, अमृत श्रेष्ठ, हर्क तामाङ, खेम योञ्जन, सोनु आचार्य र योगेन्द्र वि. क. रहेका छन् ।