सिन्धुली । नेकपा (माओवादी केन्द) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन, सिन्धुलीको ९ वटै स्थानीय तह कमिटीको सम्मेलनको तयारी पुरा भएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन, सिन्धुलीको कमलामाई र दधौली नगरपालिका सहित मरिण, हरिहरपुरगढी, घ्याङ्लेख, सुनकोशी, गोलन्जोर, फिक्कल र तीनपाटन गाउँपालिका स्तरीय कमिटीको सम्मेलन हुन थालेको हो ।
भोलि शनिबार हुने सम्मेलनले ९ वटै पालिकामा नयाँ नेतृत्व सहित पालिका स्तरीय कमिटी गठन गर्ने एकीकृत अखिल नेपाल शिक्षक संगठन, सिन्धुलीका अध्यक्ष विजय कुमार थिङले बताउनुभयो । सम्मेलन सम्पन्न गर्नका लागि एकीकृत अखिल नेपाल शिक्षक संगठन, सिन्धुलीका पदाधिकारी तथा प्रदेश र केन्द्रिय सदस्यहरूलाई पालिका छुट्टाएर जिम्मेवारी दिइएको अध्यक्ष थिङले बताउनुभयो ।
कमलामाई नगरपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठन, सिन्धुलीका बरिष्ठ उपाध्यक्ष सन्तोष श्रेष्ठ, दुधौली नगरपालिकामा प्रदेश कमिटीका उपाध्यक्ष मोहन गौतम, हरिहरपुरगढी गाउँपालिकामा केन्द्रिय सचिवालय सदस्य सविता कोइराला, मरिण गाउँपालिकामा जिल्ला उपाध्यक्ष अमृत घिसिङ, तीनपाटन गाउँपालिकामा शिक्षक महासङ्घका सचिव विष्णु फुयाल, फिक्कल गाउँपालिकामा प्रदेश सदस्य चुडामणि देवकोटा, गोलन्जोरमा प्रदेश सदस्य शुकदेव न्यौपाने, सुनकोशीमा प्रदेश सदस्य शंकर उप्रेती र घ्याङलेखमा केन्द्रिय सदस्य जमुना काफ्लेलाई सम्मेलन सम्पन्न गर्नका लागि संयोजनकारी भुमिका दिईएको छ ।