काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंग्गो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंग्गो लगाएको हो । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले महासचिवमा देव गुरुङसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गर्नुभएको थियो ।
दाहालको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रभइको छ । उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहनुभइको छ ।
सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम प्रस्ताव भएको छ ।
यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाउने प्रस्ताव भएको प्रवक्ता महराले जानकारी दिनुभयो ।