रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले रामेछापले प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । सोमबार बसेको पाँचौँ जिल्ला कमिटीको बैठकले एक संघीय निर्वाचन क्षेत्र भएको रामेछापबाट पांच जनाको नाम सिफारिस गरेको हो ।
नाम सिफारिस हुनेहरुमा पोलिट्व्युरो सदस्य, सहकारी तथा गरिबी निवारण विभाग प्रमुख कमलप्रसाद चौलागाईँ,वाग्मती प्रदेश सभा सदस्य समेत रहेका एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुङ्गेल ,एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियु ईञ्चार्ज माधवप्रसाद ढुङ्गेल, बागमती प्रदेश कमिटीका सदस्यहरु रत्नप्रसाद गौतम र केशरबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो ।
बैठकले प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ एमाले केन्द्रीय सदस्य गीता कार्की, लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष नाम्गेल शेर्पा, धनमाया सार्की र यसिमा महतको नाम सिफारिस गरेको छ । यस्तै बैठकले प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ शान्तिप्रसाद पौडेल, अर्जुनकुमार कार्की, उद्धव प्रसाद कडरिया, पर्शुराम बस्नेत, अनिल कार्की, कुमार कार्की, बुद्धिबहादुर कार्की र केशर पौडेलको नाम सिफारिस गर्दा समानुपातिक तर्फ २ जनाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी प्रदेश सभा 'ख' निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा प्रेमबहादुर तामाङ,भुवन विक्रम घिमिरे, इन्द्रबहादुर तामाङ, मिलन घिसिङ र रविन्स लामाको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ १० जनाको नाम सिफारिस गरेको छ ।