नुवाकोट । नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रबाट तीनजना उम्मेदवार सिफारिस गरिएको छ । २०७९ मंसिर ४ गते तोकिएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि क्षेत्र नम्बर २ मा केशव प्रसाद पुडासैनी, सुभद्रा नेपाल र माधव प्रसाद पाण्डे सिफारिस हुनुभएको हो ।
त्यस्तै समानुपातिक तर्फ माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज विमला सुवेदी, राममाया बोगटी र कृष्ण आनन्द बिकलाई सिफारिस गरिएको माओवादी केन्द्र नुवाकोटले जनाएको छ । सुवेदी र बोगटी सभासदसमेत हुनुहुन्छ ।
त्यस्तै प्रदेशसभा सदस्यका लागि क्षत्र नम्बर २ को 'क' मा रामप्रसाद ढुंगाना एकल उम्मेदवार सिफारिस हुनुभएको छ भने 'ख' मा हिरानाथ खतिवडा, जयमान वाइबा र कल्पना रिमाल सिफारिस हुनुभएको छ । खतिवडा सोही प्रदेशसभाका सांसद हुनुहुन्छ भने रिमाल माओवादी नुवाकोटको जिल्ला सचिव हुनुहुन्छ । ढुंगाना माओवादी वाग्मती प्रदेश कमिटीको उपाध्यक्ष र वाइबा प्रदेश कमिटी सदस्य तथा नेपाल तामाङ घेदुङको केन्द्रीय सचिव हुनुहुन्छ ।
प्रदेशसभामा समानुपातिक तर्फ कविता ढुंगाना, कल्पना पाठक 'पौडेल', निर्मल तामाङ, प्रकाश लामा, जिवनराज श्रेष्ठ, गिताकुमारी बस्नेत, चन्द्रबहादुर कुमाल सिफारिसमा पर्नु भएको छ । त्यस्तै मिना वाइबा, सुजन मगराती, अइत घले, रामेश्वर खड्का मगर, कृष्णप्रसाद भण्डारी, जनकराज ढुंगाना र विवराम तामाङ प्रदेशको समानुपातिकमा सिफारिस हुनुभएको छ ।