काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ वाग्मती प्रदेश समिति अध्यक्षमा रामकुमार खड्का चयन हुनुभएको छ ।
संघको बुधबार काठमाडौंको बबरमहलमा भएको तेस्रो प्रदेश सम्मेलनबाट खड्काको नेतृत्वमा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा रमिता श्रेष्ठ र कृष्णप्रसाद नेपाल, सचिवमा सागर थापा, सहसचिवमा रामहरि भण्डारी, प्रयास तामाङ र कोषाध्यक्षमा आकाश तामाङ निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरुमा शोभाकान्त रेग्मी, विनोद खनाल, पेमा लामा, मित्रराज पान्डे, रमेश नेपाल, रामप्रसाद दाहाल, मिना खड्का, बुद्ध लामा, राजन रिमाल, संजय तामाङ, अर्जुन खड्का, अमित तामाङ, नवराज तामाङ, शिवराम अधिकारी, केदार बुढाथोकी, शिवप्रसाद रिजाल, सुजन तामाङ, हरिप्रसाद पाण्डे, जयराम सिम्खडा, रन्जित थापा, पुजन महर्जन, सरोज कोइराला, गोपाल कोइराला, अनिता रेग्मी, शोभराज पोखरेल, हेमन्त भट्टराई, अनिल भण्डारी, प्रवीण देवान, तेज थापा, केशब गजुरेल, राहुल कोइराला, सरस्वती नेपाल, सुनिता थापा र नवराज खतिवडा चयन हुनुभएको छ ।
प्रदेश अध्यक्ष मिलन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र वाग्मती प्रदेश समितिका सहसचिव तथा अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपमहासचिव प्रकाश श्रेष्ठ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै केन्द्रीय अध्यक्ष माधव पाण्डे, वरिष्ठ उपाध्यक्ष कुमार पन्तलगायत मजदुर नेताहरुले होटल क्यासिनोको समस्या, अबको बाटो र यही भदौ २९ मा काठमाडौंमा हुन गइरहेको केन्द्रीय अधिवेशनको तयारीबारे जानकारी गराउनुभएको थियो । त्यस्तै उहाँहरुले छिट्टै सातै प्रदेशमा नयाँ ढंगले संगठन विस्तार गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ २३:५६