काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सत्तारुढ गठबन्धनले वाग्मती प्रदेशका सबै जिल्लामा सिट बाँडफाँट टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले वाग्मतीमा प्रतिनिधिसभातर्फका ३३ र प्रदेशतर्फका ६६ निर्वाचन क्षेत्र बाँडफाँटलाई अन्तिम रुप दिएको हो । जसअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसलाई १८, नेकपा माओवादी केन्द्रलाई ११ र नेकपा एकीकृत समाजवादीलाई ४ भागबन्डा लगाइएको छ ।
प्रदेशको ६६ सिटमा कांग्रेस ३५, माओवादी २० र समाजवादी ९ टुंगीएका छ भने काठमाडौं क्षेत्र नम्बर ५ को २ र ६ को २ मा विवाद रहेको छ । क्षेत्र नम्बर ५ को २ मा कांग्रेस र समाजवादीको दावी रहेको छ भने ६ को २ मा कांग्रेस र माओवादीको दावी रहेको छ ।
देशभर भने माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको छ । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।
कुन निर्वाचन क्षेत्र कुन पार्टीलाई ?
कांग्रेस
१ रामेछाप
२ सिन्धुली-१
३ रसुवा
४ धादिङ-२
५ नुवाकोट-२
६ काठमाडौं-१
७ काठमाडौं-१०
८ काठमाडौं-३
९ काठमाडौं-४
१० काठमाडौं-५
११ काठमाडौं-६
१२ भक्तपुर-२
१३ ललितपुर-१
१४ काभ्रेपलाञ्चोक-२
१५ सिन्धुपाल्चोक-२
१६ मकवानपुर-१
१७ चितवन १
१८ चितवन २
माओवादी
१ दोलखा
२ सिन्धुली-२
३ नुवाकोट-१
४ काठमाडौं-२
५ काठमाडौं-७
६ काठमाडौं-९
७ भक्तपुर-१
८ ललितपुर-३
९ काभ्रेपलाञ्चोक-१
१० सिन्धुपाल्चोक-1
११ चितवन ३
एकीकृत समाजवादी
१ धादिङ १
२ काठमाडौं-८
३ मकवानपुर -२
४ ललितपुर-२