युनिकरक्षे ग्लान ,काठमाडौं । गत बर्षहरुमा झैँ यसपाली नि सुन्दर पर्यटकीय नगरी जहरसिं पाैवामा कार्तिक १० गते भाईटीकाकाे दिन दिउँसो २:००बजेबाट सांगीतिक प्रस्तुतिसँगै शुभकामना आदानप्रदान कार्यक्रम हुन गईरहेकाे छ।
काठमाडौं जिल्लाकाे शंखरापुर नगरपालिका वडा नं.-३ स्थित जहरसिं पाैवा चाेकमा नव जहरसिं पाैवा युवा क्लबले नियमित रुपमा भाईटीकाकाे दिन विशेषता रचनात्मक र सृजनात्मक कार्यक्रमका साथ मनाेरञ्जनमुलक सांगीतिक प्रस्तुतिहरु दिदै आउने क्रममा याे कार्यक्रम गर्न लागिएको हाे ।
उक्त कार्यक्रम विशेषगरी नेपाली हिन्दु समुदाय लगायत सबै समुदायले सद्भाव स्वरुप मनाईने उज्यालो, सप्तरङ्गी फुल र झिलिमिली उमंगकाे पर्व शुभ दीपावली, नेवार समुदायको नयाँ वर्ष नेपाल सम्बत ११४३, तराई मदेश क्षेत्रकाे विशेष पर्व छठकाे अवसर मा र बाैद्दमार्ग्री तामाङ समुदायको नयाँ वर्ष साेनाम ल्हाेछारलाई स्वागत गर्दै धार्मिक र साँस्कृतिक सदभावलाई अझ मजबुत सहिष्णुता कायम गराउने उदेश्यले कार्यक्रम गर्न लागिएको आयाेजक क्लबका सल्लाहकार एवं युवा नेता किशोर घ्लान तामाङले जानकारी दिएको छ ।
आयाेजक क्लबका अध्यक्ष काले तामाङ "किरण" का अनुसार कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरु बरिस्ठ गायक एवं संगितकार विश्व दाेङ तामाङ, निशा लामा, प्रतीक माेक्तान, रिना थापामगर, सीता के.सी., बलबहादुर वाईबा, कृष्ण राेउसे, स्थानीय हाँस्या कलाकार एवं शंखरापुर नगर कार्यापालिका सदस्य रमेश सुन्दास, साईकाे नाईट ब्याण्ड, श्रीकृष्ण नेपाल ब्याण्ड लगायतका स्थानीय कलाकारहरुकाे बेजोड सांगीतिक प्रस्तुति रहने छन् ।