टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित हुनुभएको छ । राजधानी टोकियोमा आइतबार आयोजित अधिवेशनबाट पहरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । पहरीले १६ मत पाउँदा अध्यक्षका प्रत्याशी दीपक गौतम १४ मत, कविकिरण न्यौपाने ११ तथा पूर्णबहादुर चलाउनेले ६ मत मात्र प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा रवीन्द्र श्रेष्ठ, महिला उपाध्यक्षमा इन्दिरा खनाल । खनाल सर्वसम्मत चुनिनु भएको हो । श्रेष्ठले १८ मत पाएर निर्वाचित हुँदा गोकर्ण अधिकारी १७ मत, विनोदकुमार सापकोटाले ११ मत पाउनुभयो ।
सहसचिव समावेशीतर्फ सजिना मोक्तान र सहसचिव खुलातर्फ विश्वास आचार्य निर्वाचित हुनुभयो भने कोषाध्यक्षमा अर्जुन लामिछाने सर्वसम्मतरुपमा चयन हुनुभयो ।
यसैगरी कार्यसमिति सदस्यहरमा लक्ष्मी पौडेल, कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भूपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ, फुर्बा शेर्पा चयन हुँदा जापानबाट केन्द्रीय प्रतिनिधिका लागि मनिषा चौलागाईं र राजवीन थापालाई सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरी सहभागी हुनुभएको थियो ।