अमेरिका । प्रवासी नेपाली मञ्च अमेरिका केन्टकी च्याप्टरको अध्यक्षमा टेकराज भट्टराई चयन हुनुभएको छ ।
८ जनवरी २०२३ आइतबार सम्पन्न केन्टकी च्याप्टरको भेला तथा कार्यसमिति पुनर्गठन कार्यक्रमबाट भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । भेलाले अध्यक्षमा भट्टराई, उपाध्यक्षमा अनुप बस्नेत, सचिवमा शिवशंकर देवकोटा, उपसचिवमा ईश्वर कटुवाललाई चयन गरेको छ ।
१० सदस्यमा रोशन श्रेष्ठ, पुरुषोत्तम सापकोटा, बिनोद लुइँटेल, गणेश अधिकारी, सरिता गुरुङ, रमण काफ्ले चयन हुनुभएको छ । बाँकी सदस्य पछि मनोनीत गर्ने जनाइएको छ ।
केन्टकी राज्यका अध्यक्ष तथा प्रवासि नेपाली मञ्च अमेरिका राष्ट्रिय कमिटी सदस्य शंकर लुङेलीको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य पुरुषोत्तम बोहोराले हुनुहुन्थ्यो । विशेष अतिथिहरु प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीका उपाध्यक्ष गोपाल कँडेल, सचिव छबि पाण्डे, उपसचिव थोमस बास्तोला, एनआरएन केन्टकी राज्य अध्यक्ष केशव लोहनी सहभागी हुनुहुन्थ्यो ।
भेलामा अतिथिहरु भने प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी सदस्य मोहनी डुम्रे, प्रवासी नेपाली मञ्च राष्ट्रिय सदस्य घनश्याम खनाल, एनआरएन केन्टकी राज्य सचिव अर्जुन न्यौपाने, एनआरएन सदस्य प्रेम बस्याल, रमन काफ्ले र प्रवासी नेपाली मञ्च अमेरिका राष्ट्रिय सल्लाहकार सदस्य एकनारायण सुवेदीलगायत केन्टकी राज्यका नेपालीभाषीहरुको उपस्थिति थियो ।
कार्यक्रम सन्चालन प्रवासी नेपाली मञ्च केन्टकी राज्य कमिटी सचिव टेकराज भट्टराईले गर्नुभएको थियो भने भेलालाई स्वागत राज्य कमिटीका सदस्य शिवशंशर देवकोटाले गर्नुभयो ।
भेलालाई सम्बोधन प्रवासी नेपाली मञ्च राष्ट्रिय सल्लाहकार सदस्य एकनारायण सुवेदी, राष्ट्रिय सदस्य मोहनी डुम्रे, राष्ट्रिय सदस्य घनश्याम खनाल, एनआरएन केन्टकी राज्य अध्यक्ष केशव लोहनी, प्रवासी नेपाली मञ्च उपसचिव थोमस बास्तोला, सचिव छबि पाण्डे, उपाध्यक्ष गोपाल कँडेल, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सदस्य पुरुषोत्तम बोहोराले गर्नुभएको थियो ।
सम्बोधन गर्ने क्रममा संगठनको आवश्यकता, निर्माण शैली, अन्तर्राष्ट्रियरुपमा हुने सम्बन्ध, सरसहयोग साथै नेपाली मातृभूमिमा भैपरिआउने विपदमा गरिने र गर्दै आएको साथ सहयोगले नै संगठनको महत्व र औचित्य अझ बढ्दै गएकोले सबै नेपालीभाषीलाई गोलबद्ध गर्दै जानुपर्नेमा जोड दिइएको प्रवासी नेपाली मञ्चका राष्ट्रिय सदस्य शंकर लुङेलीले बताउनुभयो ।