धरान । शिक्षक एवम् समाजसेवी स्वर्गीय चक्रबहादुर पालुङ्वाको स्मृति गर्दै जन्म दिनको अवसरमा खाना वितरण गरिएको छ ।
लायन्स क्लब अफ धरान सिंहदेवीको आयोजना तथा मास्टर चक्रबहादुर फाउण्डेशनको सहयोगमा पुर्नस्थापना गृह, धरान १ मा रहेका अपांग, अशक्त र अनाथ बालबालिका तथा वृद्ध–वृद्धाहरुलाई खाना वितरण गरिएको क्लबका निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक चेयरपर्सन लायन सुजेन्द्र तामाङले बताउनुभयो ।
क्लबका अध्यक्ष लायन सन्ध्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा. योगेन्द्र पालुङ्वाले पिता स्वर्गीय मास्टर चक्रबहादुर पालुङ्वाले शिक्षा र सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानलाई जीवन्त राख्न परिवारका सदस्यहरुवाट पिताको नाममा फाउण्डेशन नै स्थापना गरेर सामाजिक कार्यहरु गर्दै आएको बताउँदै उहाँकै जन्म दिनको अवसर पारेर उहाँको सम्झनामा खाना वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार स्व. पालुङ्वाले आफ्नो जीवनीमा आधारित चक्रको युग चक्र नामक जीवनी ग्रन्थ समेत प्रकाशित गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि चीफ वुमन लिडरसीप लायन मिना पुलामीले लायन्स क्लबको उद्देश्य नै समाज सेवा भएकाले आफ्नो दिवंगत बुबाको स्मृतिमा असहाय अशक्तहरुलाई खाना वितरण गरेकोमा मास्टर चक्रबहादुर फाउण्डेशन र लायन्स क्लब अफ धरान सिंहदेवी परिवारलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
क्लबका अध्यक्ष लायन सन्ध्या श्रेष्ठले क्लबको विभिन्न सेवामूलक कृयाकलापका अतिरिक्त क्लबका सदस्य र तीनका परिवारका सदस्यको जन्मदिन र पुण्य तीथिको अवसर पारेर समेत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा पुन:स्थापना गृहका सञ्चालक भिम राईले खाना वितरण कार्यको उच्च प्रशंसा गर्नुभयो । क्लबका सचिव लायन रमिता श्रेष्ठद्धारा सञ्चालित कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लायन जयप्रकाश शर्मा, तृतिय उपाध्यक्ष लायन पञ्चकला राई, कोषाध्यक्ष लायन मनोज अग्रवाल, समाजसेवी अमर इजम, शिक्षाविद गंगा चौलागाई, सल्लाहकार लायन चन्द्रमाया लिम्बु, फाउण्डेशनका कोषाध्यक्ष दिलमाया यक्सो पालुङ्वा लगायतको उपस्थिति रहेको थियो ।