काठमाडौं । ‘तामाङ स्रष्टा सम्मान तथा विशेष साङ्गीतिक गेताङ’ सम्पन्न भएको छ। “तामाङ स्रष्टादा डेन, खाबा पुस्तादा ठागे ज्ञान” भन्ने मूल नाराका साथ आज कार्यक्रम सम्पन्न गरिएको हो । तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७ औँ स्मृति दिवस तथा ‘ संगीत सम्राट’ गोपाल योञ्जनको ८३ औँ जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो।
नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष सञ्चु ब्लोन तामाङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा घेदुङका सङ्घीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सहआयोजक नेपाल तामाङ संस्कृति घेदुङका सङ्घीय अध्यक्ष छेवाङ तेन्जिङ लामाले स्वागत मन्तव्य व्यक्त गर्दै झ्याम्याङ लामाले तामाङ संस्कार, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र पुस्तान्तरणमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो।
लेखक तथा अनुसन्धानकर्ता रवीन्द्र ग्याबक (तामाङले झ्याम्याङ लामा तामाङ समुदायका संस्कार संस्कृति लगायतका विषयमा पुर्याउनु भएको योगदानको चर्चा गर्नु हुँदै उहाँको व्यक्तित्व बारे विशेष चर्चा र सम्मान व्यक्त गर्नु भएको थियो ।
यसैगरी वरिष्ठ सङ्गीतकार शिलाबहादुर मोक्तान, वरिष्ठ गायिका कुन्ति मोक्तान, वरिष्ठ गायक तथा सङ्गीतकार चन्द्रबहादुर दोङको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रममा वरिष्ठ सङ्गीतकार एवं सेलो गायक चन्द्रकुमार दोङलाई विशेष सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ गायिका कुन्ति मोक्तानले सङ्गीत सम्राट गोपाल योञ्जनको गीत प्रस्तुत गर्नुभएको थियो । साथै छेवाङ तेन्जिङ लामाले गोपाल योञ्जनले गायन शब्द सङ्गीत रहेको ूङाला डम्फु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा तामाङ भाषा, संस्कार, संस्कृति, सङ्गीत र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरणमा जोड दिइएको उल्लेख गर्नु हुँदै प्रमुख अतिथि एवं सङ्घीय अध्यक्ष रामकृष्ण ब्लोनले घेदुङ अब नयाँ ढङ्गले सहकार्य गर्दै सबैको आशा र गर्वको संस्था बनाउन लागि परेको बताउनुभयो ।
आयोजकका अनुसार तामाङ समुदायको मौलिक संस्कृति र परम्परालाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम वरिष्ठ उपाध्यक्ष ब्लोनको संयोजकत्वमा भएको कार्यक्रम महासचिव लिलाकुमार ग्लानले गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङकाे सङ्घीय कार्यसमितिको आयोजना तथा नेपाल तामाङ संस्कृति घेदुङ र झ्याम्याङ लामा प्रतिष्ठानको सह आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।