दुबई । तामाङ समाज यूएईको दुबई क्षेत्रीय कार्यसमितिको अध्यक्षमा मुनराज लोप्चन तामाङ निर्वाचित हुनुभएको छ । मे (आइतबार) २१ मा कञ्चनजंगा रेष्टुरेन्ट, बरदुबईमा सम्पन्न दुबई क्षेत्रीय समितिको अधिवेशनबाट २९ सदस्य कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा श्रवर्ण कुमार तामाङ र सरू थिङ तामाङ निर्वाचित हुनुभएको छ । यस्तै अधिवेशनले सचिवमा कोकिल स्याङ्तान तामाङ, सह–सचिवमा शुसिला तामाङ र कोषाध्यक्षमा निमा गोले तामाङ निर्वाचित हुनुभएको छ ।
तामाङ समाज यूएईका केन्द्रिय अध्यक्ष सनिल घिसिङको सभापतित्वमा भएको एक कार्यक्रमले जनसम्पर्क सचिवमा भुवन सिङ घिसिङ, कला संस्कृति सचिवमा संगम तामाङलाई जिम्मेवारी प्रदान गरिएको छ ।
सदस्यहरुमा मन्जिता तामाङ, साहिल मोक्तान तामाङ, जय बहादुर तामाङ, विर सिङ वाइबा, सुनिल स्याङ्तान तामाङ, श्याम स्याङ्तान तामाङ, राम तामाङ, कन्चन तामाङ, पेमसाङ थिङ, चन्द्र कुमार ब्लोन, सुरज रुम्बा तामाङ, अनिता तामाङ, मिङमा तामाङ, बिबेक तामाङ, अजय गोले, राजकुमार थिङ, रेन्जेन मोक्तान, आशिष घिसिङ रहेका छन् ।
सल्लाहकारहरूमा हरि मोक्तान, हर्क लोप्चन र अनुप लामा रहनु भएको छ ।