जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्साई निवर्तमान संयोजक शर्मा गैरेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।
एनआरएनए जापानको २०२३–२०२५ कार्यकालको नयाँ नेतृत्व चयन गर्न यही जुलाई ३० तारिखमा हुने निर्वाचनमा लागि शर्माले सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको हो ।
'गैर आवासीय नेपालीमाझ एक छुट्टै इतिहास बोकेको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको सन् २०२१–२०२३ कार्यकालमा कान्साई क्षेत्रीय समितिको संयोजक रही काम गरेको सबैमा अवगत नै छ,' चितवन भरतपुरका शर्माले भन्नुभयो, 'यही अभियानलाई निरन्तरता दिदै लामो व्यावसायिक अनुभव एवं जापानमा स्थापित विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तहमा रहेर काम गर्दै गर्दा प्राप्त अनुभवको आधारमा सन् २०२३–२०२५ कार्यकालको लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेको सहर्ष जानकारी गराउँदछु ।'
केन्द्रीय सदस्यमा आफूलाई विजय गराएको खण्डमा जापानमा नेपाली समुदायमा आउने कुनै पनि समस्याको सामना गर्ने आफ्नो गहन जिम्मेवारी रहेको शर्माले प्रतिज्ञा गर्नुभएको छ । नेपालीका लागि नेपाली नारामा मात्र नभई व्यवहारमा पनि लागू गर्ने अठोट पनि शर्माले व्यक्त गर्नुभएको छ ।
हेर्नुहोस केन्द्रीय सदस्य पदका शर्माको अपिलपत्र
आदरणीय जापानवासि नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, जापानमा स्थापीत संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासीय नेपाली संघको अभियानका अग्रज तथा सामाजिक अभियन्ता ज्यूहरू, बुद्धिजिवि व्यवसायी, परिषद सदस्य ज्यूहरू एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार ।
गैर आवासीय नेपाली माझ एक छुट्टै इतिहास बोकेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको सन् २०२१–२०२३ कार्यकालमा कान्साई क्षेत्रीय समितिको संयोजक रहि काम गरेको सबैमा अवगत नै छ । यही अभियानलाई निरन्तरता दिदै लामो व्यावसायिक अनुभव एवं जापानमा स्थापित विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तहमा रहेर काम गर्दै गर्दा प्राप्त अनुभवको आधारमा सन् २०२३–२०२५ कार्यकालको लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेको सहर्ष जानकारी गराउदछु ।
कान्साईको कुनै पनि ठाउहरूमा आईपर्ने हरेक सामाजिक समस्याहरू हुन या सामाजिक कार्य लगायतका गतिविधिहरूमा अग्रस्थानमा रहेर मैले आफनो भूमिका र ज़िम्मेवारी निर्वाह गर्दै आइरहेको छु र अब जापान मा आईपरि गर्ने कुनै पनि समस्या को सामना मेरो जीम्बेवारी गहन गर्ने छु ।
कोरोना महामारीको समयमा संभवत क्षेत्रीय समितिको संयोजकको कर्तब्य मैले पुर्ण रुपमा निर्वाह गरेको महसुस गरेको छु ।
एनआरएनए जापानले संचालन गर्ने र मेरो ज़िम्मेवारीमा आएका हरेक कार्य सक्रियतापूर्वक सम्पन्न गरेको छु । समाजमा हुने हरेक समस्याको समाधान निकाल्न जापानबासी नेपाली समुदायका बीचमा मैले खेलेको भूमिका समेत स्मरण गराउन चाहन्छु ।
एनसिसि जापानको गरिमालाई बचाई राख्न जापानमा स्थापित संघ-संस्था संग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवं नीति तथा विधि सम्वत् संस्थाको संचालन गरि विश्वसनीय साथी बनाउने अभियानमा यहाँहरुको अमुल्य साथ र सहयोगको अपेक्षा गर्दछु ।
दिलीप शर्मा गैरे
सदस्य पदको उम्मेदवार
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान