कतार । नेपाल तामाङ घेदुङ प्रवास कार्ससमिति कतारको अध्यक्षमा नुवाकोट ककनी गाउँपालिकाका विकास लामा स्याङ्तान चयन हुनुभएको छ । यही १ सेप्टेम्बर २०२३ (भदौ १५) का दिन सनैया अलअतियाको फूलबारी रेष्टुरेन्टको सभाहलमा भएको तेस्रो अधिवेशनले स्याङ्तानको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । नवनिर्वाचित अध्यक्ष स्याङ्तान तामाङ घेदुङ प्रवास कार्ससमिति कतारमा यसअघि महासचिव (२०२१-२०२३) मा र संस्थापक सचिव (२०१८-२०२०) समेत हुनुहुन्छ ।
१. अध्यक्ष : विकास लामा
२. सहअध्यक्ष : वाङ्ज्यु लामा
३. वरिष्ठ उपाध्यक्ष : कुमारी बेली गोले तामाङ
४. उपाध्यक्ष : सनक बम्जन तामाङ
५. उपाध्यक्ष : फुर्वा तामाङ
६. उपाध्यक्ष : हिरे तामाङ
७. महिला उपाध्यक्ष : विन्दाकुमारी तामाङ
८. महासचिव : भिमराज स्याङबो
९. उपमहासचिव : कमला दोङ तामाङ
१०. सचिव : विनय लामा
११. सचिव : पूर्णमान तामाङ
१२. कोषाध्यक्ष: टीकाराम तामाङ
१३. सहकोषाध्यक्ष : रविन्द्र स्याङ्बो
१४. पदेन सदस्य : सुर्जेबहादुर तामाङ
१५. पदेन सदस्य : राम पाख्रिन तामाङ
१६. पदेन सदस्य : रुद्रप्रसाद तामाङ
१७. पदेन सदस्य : सिंगबहादुर (सिजन) तामाङ
१८. पदेन सदस्य : सुमि घिसिङ तामाङ
१९. कार्यसमिति सदस्य : शर्मिला तामाङ
२०. कार्यसमिति सदस्य : काले गोले (राजु) तामाङ
२१. कार्यसमिति सदस्य : श्रीराम मोक्तान तामाङ
२२. कार्यसमिति सदस्य : वीरबहादुर तामाङ
२३. कार्यसमिति सदस्य : आईती (सम्झाना) तामाङ
२४. कार्यसमिति सदस्य : आलिक बम्जन तामाङ
२५. कार्यसमिति सदस्य : बुद्विबहादुर तामाङ
२६. कार्यसमिति सदस्य : शुक्र तामाङ
२७. कार्यसमिति सदस्य : पिपलाल तामाङ
२८. कार्यसमिति सदस्य : शंकराम तामाङ
२९. कार्यसमिति सदस्य : मृर्गालाल तामाङ
३०. कार्यसमिति सदस्य : झनलक्ष्मी तामाङ
३१. कार्यसमिति सदस्य : लाले गोले तामाङ
संस्थाका निवर्तमान अध्यक्ष इन्द्रबहादुर तामाङको सभापतित्व र नेपाल तामाङ घेदुङ, संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यता र संघीय कोषाध्यक्ष तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको संचालक परिषद सदस्य रुपबहादुर योन्जन तामाङको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ ।
यस्तै अध्यक्षमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु, सदस्य तेज कटुवाल, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्ट, समाजसेवी व्यक्तित्वहरु, कमलमणि गुरागाईं, सागर नेपाल, चनक पोखरेल, विभिन्न वैचारिक संस्थाका तर्फबाट नेपाली जनसम्पर्क समिति कतारका उपसभापति ठाकुरकुमार परियार, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी, नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्विप्रसाद भण्डारी, प्रवासी नेपाली एकता मञ्च कतारका उपाध्यक्ष गणेश ढकाल, कतार नेपाली एकता समाजका अध्यक्ष रामप्रसाद पराजुली, संघीय लिम्बुवान समाजिक मञ्च कतारका अध्यक्ष रेखा राई, नेपाली महिला समाजका अध्यक्ष सरिता पौडेल भण्डारी, प्रदेश समितिका अध्यक्ष तथा प्रतिनिधिहरु दलित एकता संजाल, राष्ट्रिय समिति कतारका अध्यक्ष किरण परियार, नेपाल आदिवासी जनजाति महासंघ कतारका कोषाध्यक्ष तन्जी शेर्पालगायतको अधिवेशनमा उपस्थिति थियो ।
यस्तै तमु प्ये ल्हु संघ कतारका अध्यक्ष चन्द्र गुरुङलगायत, अन्य मातृ संस्थाका प्रतिनिधिहरु, राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिवराम ढकाल, समाजसेवी तथा सामाजिक अभियन्ता, जनजाति अभियन्ताहरु, जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कलाकार, पत्रकार, घेदुङका आजीवन सदस्यहरु पनि उपस्थित थिए ।
नवनिर्वाचित अध्यक्ष लामा स्याङ्तानले तेस्रो अधिवेशनलाई सफल पार्न सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथि, संस्थाका पदाधिकारी, सदस्य, प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका शुभेच्छुक तथा शुभचिन्तकहरुमा धन्यवादसहित कृतज्ञता व्यक्त गर्नुभएको छ । साथै अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा निर्विरोध चयन गरिदिनुभएकोमा सम्पूर्ण कतार घेदुङका अग्रज व्यक्तित्व, निवर्तमान कार्यसमितिका पदाधिकारी हहरु, निवार्चन समितिका संयोजक, पर्यवेक्षक, प्रतिनिधि तथा आजीवन सदस्यहरुप्रति पनि उहाँले सामाजिक सञ्जालमार्फत आभार प्रकट गर्नुभएको छ ।