सोल । नुवाकोट समाज दक्षिण कोरियाको अध्यक्षमा पञ्चकन्या गाउँपालिका- ४ का बुद्धिबहादुर स्याङ्तान तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
सोलस्थित नेपालथाई होटलको सभाहलमा आइतबार १५ अक्टोबर २०२३ (असोज २८ गते) सम्पन्न नवौं अधिवेशनबाट स्याङ्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा अभिनास तामाङ, उपाध्यक्ष सुनिल रिजाल, उपाध्यक्ष सुरेश भट्ट, सचिव नवीन भट्टराई, सहसचिव प्रमोद बुढाथोकी, कोषाध्यक्ष राम ढुंगाना र सहकोषाध्यक्ष अर्जुन तामाङ चयन हुनुभएको छ ।
सदस्यहरूमा उद्धव थापामगर, विजय तामाङ, प्रदीप न्यौपाने, सुजन सिलवाल, सन्देश रिमाल, मनोज सुवेदी, श्याम सुर्खेती, सरोज सापकोटा, सुप्रिमरत्न लामा, सविता तामाङ, श्रीकृष्ण सिलवाल र प्रदीप पाठक चयन हुनुभएको छ ।
नुवाकोट जिल्ला स्थायी ठेगाना भई हाल विभिन्न पेसा व्यवसाय गर्दै कोरियामा रहेकाहरुको एकमात्र साझा संस्था हो नुवाकोट समाज दक्षिण कोरिया । यो संस्था सन् २०१४ मा स्थापना भएको हो । यो संस्थाले स्थापनाकालदेखि कर्मभूमि कोरिया र जन्मभुमि नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।