सोल । नेकपा (माओवादी केन्द्र) निकट नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया 'इन्छन-खिम्पो' क्षेत्रीय समिति अध्यक्षमा निकेश आले (रामबहादुर) चयन हुनुभएको छ ।
आइतबार ७ जनवरी २०२४ मा इन्छन सहरको खम्दान सागरी नजिकै रहेको नमस्ते एसिया रेस्टुरेन्टमा आयोजित दोस्रो इन्छन-खिम्पो क्षेत्रीय अधिवेशनबाट आलेको नेतृत्वमा २१ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा जयकुमार राई, राम कार्की, सचिव गणेश सञ्ज्याल, सहसचिव डिबी लिम्बू र कोषाध्यक्षमा मंगलबहादुर शाही चयन हुनुभएको छ । सदस्यहरूमा विशाल पूर्वछाने, भीष्मराज मिश्र, टीकाराम बस्नेत, उत्तम राना, काजी मगर, मोहन लिम्बू, प्रदीप न्यौपाने, आकाश लिम्बू, कल्प भट्टराई, बसन्तजंग थापा, रमेश राई रहनुभएको छ । ४ जना कार्यसमिति सदस्य बैठकबाट मनोनित गर्ने जनाइएको छ ।
क्षेत्रीय अध्यक्ष निर्मल राईको सभापतित्व र केन्द्रीय अध्यक्ष ईश्वर कठायतको प्रमुख आतिथ्य एवम् प्रवास समन्वय समिति पूर्वी एसिया क्षेत्रीय सदस्य तथा केन्द्रीय सदस्य श्रीप्रसाद श्रेष्ठ, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार सोम तामाङ, संगठनको केन्द्रीय सल्लाहकार तथा एनआरएनए दक्षिण कोरियाको महासचिव प्रशान्तराज बानियाँ, नेपाली जनसम्पर्क समिति इन्छन-खिम्पो क्षेत्रीय सभापति रामकुमार गौतम सगुनगायतको विशिष्ट आतिथ्यता र नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष एवम् संगठन तथा स्कुलिङ विभाग प्रमुख जीवन खतिवडा, संगठनको केन्द्रीय महासचिव रूद्र थापा, केन्द्रीय सचिव हिमाल खनाल, केन्द्रीय सदस्य दीपेन्द्र रोकाया, केन्द्रीय सदस्य हर्क हाङ्स्रोङ, पत्रकार महासंघ दक्षिण कोरियाको पूर्वमहासचिव मिन बिक, पूर्वजनमुक्तिसेना निकेश आले (राम बहादुर) लगायत कमरेडहरूको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायत अन्य जिम्मेवार व्यक्तिहरुले महत्वपूर्ण भनाइसहित शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि ईश्वर कठायतले संगठनले सम्पूर्ण प्रगतिशील र क्रान्तिकारी युवाहरूको समग्र नेतृत्व गर्ने मुख्य ध्येय राखेर दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य मानबहादुर विष्टले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन गणेश सञ्ज्यालले गर्नुभएको थियो ।