साउथ कोरिया । नेपाली जनप्रगतिशील मञ्च 'किम्हे/बुसान'मा नयाँ नेतृत्व चयन भएको छ । २१ जनवरी २०२४ आइतबार बुसानको किम्हे शहरस्थित लुम्बिनी रेष्टुरेन्टमा भएको मञ्च 'किम्हे/बुसान' क्षेत्रीय तेस्रो अधिवेशनबाट राजेन्द्र फुयाँलको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।
अध्यक्ष राजेन्द्र फुयाँल, उपाध्यक्षहरुमा दोस्तीहाङ राई, रोशन फियाक लिम्बू, महिला उपाध्यक्ष नाविषा लावती लिम्बू, सचिव सन्तोष नेपाली, सहसचिव भरत ठगुन्ना र कोषाध्यक्षमा रामबहादुर विक चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा प्रदीप राई, गणेश थापा, वद्र राई, राजीव रेग्मी, जितेन राई, निरन लामा, सुमन विडारी, मित्रलाल परियार र रोविक लिम्बू रहनुभएको छ। कार्यसमितिका ३ जना सदस्य बैठकबाट पछि मनोनयन गरिने जनाइएको छ । क्षेत्रीय अधिवेशन "किम्हे-बुसान" क्षेत्रीय अध्यक्ष ओम कार्कीको सभापतित्वमा र केन्द्रीय अध्यक्ष ईश्वर कठायतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिहरूमा संगठनको केन्द्रीय सल्लाहकार तथा एनआरएनए दक्षिण कोरियाका महासचिव प्रशान्तराज बानियाँ, एनआरएनए पूर्ववरिष्ठ उपाध्यक्ष सञ्जीव राई, नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखा अध्यक्ष परी गुरुङ, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया वरिष्ठ उपाध्यक्ष एवम् संगठन तथा स्कुलिङ विभाग प्रमुख जीवन खतिवडा, सङ्गठनको महासचिव रूद्रबहादुर थापा, प्रवासी नेपाली मञ्च बुसान शाखा अध्यक्ष तगेन्द्र राई, एनसीसी बुसान शाखा अध्यक्ष सङ्गीत अधिकारी र एनआरएनए बुसान शाखा सचिव कुवेर न्यौपाने रहनुभएको थियो ।
कार्यक्रमको अतिथिहरूमा सङ्गठनको केन्द्रीय प्रवक्ता सागर पोख्रेल, केन्द्रीय सहकोषाध्यक्ष रामदेव विष्ट, स्याङ्जा परिवार बुसान शाखा अध्यक्ष आशिष राना मगर, मिर्याङ नेपाली समाज अध्यक्ष सागर थापा, ख्यङ्नाम नेपाली समाज अध्यक्ष धनराज थापा मगर, किरात याक्थुङ चुम्लुङ बुसान शाखा अध्यक्ष सञ्जोग कन्दङ्वा लिम्बू, नेपाल तामाङ घेदुङ बुसान शाखा पूर्वमहासचिव आकाश घिसिङ, स्याङ्जा परिवार किम्हे बुसान पूर्वअध्यक्ष कमल अर्याल, किरात राई यायोक्खा बुसान शाखा सल्लाहकार दोस्तीहाङ राई, किरात राई यायोक्खा बुसान शाखा सल्लाहकार हेमन्त खिम्बुले राई, एनआरएनए बुसान पूर्वअध्यक्ष तथा नेपाली जनप्रगतिशील मञ्च बुसानको पूर्वसंयोजक रविन राई, एभरेष्ट भ्यू रेष्टुरेन्ट सञ्चालक मोहन अधिकारी, ख्यङ्इन विश्वविद्यालय विद्यार्थी प्रतिनिधि सञ्जीव कार्कीलगायत रहनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सन्तोष नेपालीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन राजेन्द्र फुयाँलले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अतिथिलगायत अन्य जिम्मेवार व्यक्तिहरुले महत्वपूर्ण भनाइसहित शुभकामना मन्तव्य राख्नुभयो ।
प्रमुख अतिथि कठायतले समग्र नेपाल र नेपाली जनताको हक अधिकार स्थापित गर्न एवम् देश समृद्ध बनाउन पार्टी सङ्गठनले महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्ने तथा सम्पूर्ण प्रगतिशील र क्रान्तिकारी युवाहरूले समाज परिवर्तनमा आआफ्नो ठाउँबाट रचनात्मक तवरले अघि बढ्नुपर्ने सुझाव दिनुहुँदै परिवर्तनकारी युवाहरूलाई पार्टी सङ्गठनको सदैव साथ रहेको र आफूहरूले भरपूर सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष जीवन खतिवडाले जानकारी दिनुभयो ।