काठमाडौं । तामाङ समाज यूएई द्धारा विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको छ ।
काठमाडौंको टुसालमा सोमबार एक कार्यक्रम आयोजना गरि सम्मान तथा कदर पत्र वितरण गरिएको हो ।
नेपाल तामाङ घेदुङको ग्रेन दिम भवन) खरिद सहयोगार्थ यूएईमा सम्पन्न भएको मञ्जुश्री संम्वत २८६० डुक÷मुला पुख्री ल्हो सोनाम ल्होछार साँझ– २०२४ कार्यक्रम सफलताको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको हो । ![](https://www.globlemedia.com/uploads/editor/2024-02-26/113021496pm.jpg)
तामाङ समाज यूएईका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक वीर बहादुर वाइबाकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलले विभिन्न संघ संस्थालाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गोलेले विदेशमा रहेर पनि तामाङ समाजको हरेक क्षेत्रमा तामाङ समाज यूएईले महत्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो । आर्थिक तथा सामाजिक रुपमा पनि यूएईले गरेको योगदानको कदर गर्दै अध्यक्ष गोले मतभेद हुँदा संस्था भित्रै छलफल गरेर अघि बढ्न आग्रह गर्दै नयाँ ÷ नयाँ संस्था बनाउँदा समस्या समाधान नहुने बताउनुभयो ।![](https://www.globlemedia.com/uploads/editor/2024-02-26/1130474596.jpg)
केन्द्रिय उपाध्यक्ष वाइबाले संस्थाको कार्यक्रम सफलताको लागि विभिन्न क्षेत्रको सहयोग महत्वपूर्ण हुने बताउँदै आभार प्रकट गर्नुभयो । यस्तै तामाङ पत्रकार संघका महासचिव तीर्थमान बलले समाजले गरेको हरेक गतिविधिको सञ्चार क्षेत्रले समाचार सम्प्रेषण गर्दै आएको र आउँने दिनमा पनि सहयोग रहने प्रतिवद्धता जनाउँदै सम्मानको लागि आभार प्रकट गर्नुभयो । ![](https://www.globlemedia.com/uploads/editor/2024-02-26/11311638644.jpg)
तामाङ समाज यूएईमा सम्पन्न भएको कार्यक्रममा सहयोग गर्ने मिडिया र विभिन्न व्यक्तिको उपस्थिति हुन नसकेको हुँदा नेपालमा सम्मान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको मिडिया पार्टनर ग्लोबल मल्टिमिडिया, सैलुङ अनलाइन, तामाङ पत्रकार संघका महासचिव तीर्थमान बल, एनटिभीका तामाङ भाषाका संवाददाता वीर मान तामाङ लगायतलाई सम्मान गरिएको छ । ![](https://www.globlemedia.com/uploads/editor/2024-02-26/1132007122.jpg)
यस्तै तामाङ समाज यूएई नेपाल सम्पर्क समितिका अध्यक्ष निशान तामाङ, समितिका सदस्यहरू मनिता पाख्रिन लिम्बू, बोइमा तामाङ ,सन्जिता मोक्तान लामा, ज्ञान बहादुर तामाङ, माया दोङ तामाङ, ज्ञान बहादुर योन्जन, पदम बहादुर योन्जन, राज वाइबा, अञ्जुली लोप्चन र प्रेम बहादुर बोम्जन सम्मानित हुनुभएको छ ।
![](https://www.globlemedia.com/uploads/editor/2024-02-26/1132198637.jpg)