इजरायल । तामाङ शैक्षिक अक्षय कोष अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल तामाङ घेदुङ इजरायलले आगामी १२ जुलाई २०२४ मा वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।
यार्कोन पार्कमा विविध सांस्कृतिक कार्यक्रम, नेपाली स्वादिष्ट खाना परिकारको साथ वनभोज बीबीक्यू कार्यक्रम हुने नेपाल तामाङ घेदुङ इजरायलका महासचिव सुनिल रुम्बा तामाङले जानकारी दिनुभयो । महासचिव रुम्बाले वनभोज कार्यक्रममा उपस्थितका लागि इजरायलमा क्रियाशील विभिन्न राजनीतिक, समाजिक, धार्मिक संघ-संस्था र संगठनका अध्यक्षहरु तथा पदाधिकारीलगायत इजरायलमा विभिन्न पेसामा कार्यरत नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरु सम्पूर्णमा आग्रह गर्नुभएको छ ।
'नेपाल तामाङ घेदुङ इजरायलद्वारा आयोजना गर्न गइरहेको वनभोज कार्यक्रम २०२४ "तामाङ शैक्षिक अक्षयकोष अभिवृद्धि" उद्देश्यका साथ विविध सांस्कृतिक कार्यक्रम रमणीय वातावरणमा नेपाली स्वादिष्ट खाना परिकारको साथ वनभोज BBQ कार्यक्रम गर्न गइरहेको हुँदा इजरायलमा क्रियाशील विभिन्न राजनीतिक, समाजिक, धार्मिक संघ-संस्था र संगठनका अध्यक्षहरु तथा पदाधिकारीलगायत इजरायलमा विभिन्न पेसामा कार्यरत नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरु सम्पूर्णमा गरिमामय उपस्थितका लागि नेपाल तामाङ घेदुङ इजरायल परिवार चुल्हो निम्तोसहित हार्दिक निमन्त्रणा गर्दछौं,' महासचिव रुम्बाले जारी गर्नुभएकोमा सूचनामा उल्लेख छ ।
लेबेन्सि पार्कबाट नि:शुल्क बसको व्यवस्था रहेको समेत उहाँले जानकारी गराउनुभएको छ । बस छुट्ने समय साँझ ७:३० देखि ८:३० सम्म तोकिएको छ । आवश्यक थप जानकारीका लागि रोजी मोक्तान तामाङ, मदन नेगी तामाङ, कुमारी गल्देन तामाङ, रन्जना ग्याबक तामाङ, सुनिल रुम्बा तामाङ र डोल्मा गोले तामाङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।