घलेभन्ज्याङ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ३ कात्तिकेका एक युवकको भीरबाट लडेर मेरुदण्ड भाँचिएपछि उपचारमा आर्थिक अभाव भएको छ ।
सामान्य खेती किसानी गर्दै आउनुभएका ३८ वर्षीय राजकुमार तामाङ यही जेठ २३ गते घर नजिकैको स्याङ्तान डाँडा चौतारोबाट लडेर घाइते हुनुभएको थियो । माथिल्लो सडकबाट करिब २०/२५ फिट तल खसेर घाइते भएका तामाङलाई तत्काल परिवार र स्थानीयले उद्धार गरी काठमाडौं पठाइएको थियो । तामाङको अहिले ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
बिरामीका जेठो दाजु रामबहादुर तामाङका अनुसार राजकुमारका मेरुदण्ड ३ ठाउँमा भाँचिएको छ, जसको अप्रेसन गर्न सुरुमै ३ लाख रुपैयाँ आवश्यक पर्ने चिकित्सकले बताएका छन् । 'अप्रेसन गर्न पाए भाइलाई ह्वीलचियर सहायताले हिँड्न सक्ने अवस्थामा पुर्याउन सकिन्छ कि भन्ने डाक्टरले भन्नुभएको छ,' दाइ रामबहादुरले भन्नुभयो, 'सुरुमै पौने ३ लाख अप्रेसनको लागि लाग्ने भन्नुभएको छ । त्यत्रो पैसा कहाँबाट ल्याउनु ? अरु औषधिको खर्च कति लाग्ने हो थाहा छैन । ५ दिनमै ७० हजार जति सकिइसक्यो ।'
रामबहादुर तामाङका चार दाजुभाइ हुनुहुन्छ । बिरामी भएका राजकुमार माइला । उहाँका ५ वर्षीय छोरा र ९ वर्षीया छोरी हुनुहुन्छ ।
यसैबीच, राजकुमारको जीवन बचाउ अभियानका लागि स्थानीय तथा पञ्चकन्या गाउँपालिकामा कार्यरत रमेश तामाङले सामाजिक सञ्जालमार्फत सहयोग अभियान सुरु गर्नुभएको छ । उहाँले राजकुमार तामाङ (सोमे) बचाउ अभियान नाम दिएर शुक्रबारदेखि देश, विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहयोगको अपिल गर्नुभएको हो । शनिबार दिउँसोसम्म करिब १ लाख ४० हजार रकम जम्मा भइसकेको रमेश तामाङले फेसबुकमार्फत जनाउ दिनुभएको छ ।
उहाँको सन्देश र सहयोग विवरण जस्ताको तस्तै ......
नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं ०३ कात्तिके निवासी कुलबहादुर तामाङको माइला छोरा वर्षको मिति २०८१/०२ /२३ गते भीरबाट लडेर मेरुदण्डमा चोटग्रस्त भई शक्त बिरामी भएकोले हाल ट्रमा सेन्टर काठमाडौंमा उपचार गराइरहेको निजको पारिवारिक आर्थिक अवस्था अतिनाजुक भएकोले उहाँको जीवन बचाउनको लागि देश, विदेशमा रहनुहुने सम्पूर्ण मनकारी महानुभावहरुबाट सहयोगको आशा गर्दछौं । सहयोग गर्न चाहनुहुने महानुभावहरुले बिरामीको जेठो दाजु रामबहादुर तामाङलाई ९८४३४१३३७४ सम्पर्क गर्नुहुन अनुरोध छ मेरो तर्फबाट रु ५०००/- (पाँच हजार) सहयोग गरेको छु
राजकुमार तामाङ(सोमे) बचाउ अभियानमा सहयोग गर्नुहुने महानुभावहरुको नाम हालसम्मको
१) रमेश तामाङ ५०००/-
२) भोज बहादुर तामाङ ५०००/-
३) अप्सरा लामा २५००/-
४)कमला थिङ ५०००/-
५)छिरिङ लामा ६६६६/-
६) अन्तरा थिङ तामाङ २५०००/-
७) सम्झना तामङ ७२००/-
८) मिनु तामाङ २०००५/-
९) सुगन्ध कडेल ३०००/-
१०) सुदिप सुवेदी ११११/-
११) सुरज तामाङ २०००/-
१२) लाल बहादुर तामाङ १५१५/-
१३)सचिना लोप्चन ६०००/-
१४) रोशन तामाङ ५०००/-
१५) गिता तामङ २०००/-
१६) सोम बहादुर तामाङ ५०००/-
१७ ) केदार तामाङ ५०००/-
१८) नरेन्द्र ब्लोन ३०००/-
१९) बि.बि. स्याङ्तान ३३३३/-
२०)पासाङ लामा २१२०/-
२१) कुसुम थिङ ७०००/-
२२) हरि लामा ३०००/-
२३) पुर्ण घले १०५०/-
२४) भिम लामा ५०००/-
२५) रुपेश ब्लोन तामाङ ३१००/-
२६) राज कुमार तामाङ १५२०/-
सहयोग गर्नु हुने महानुभाब हरुलाई धेरै धेरै धन्यवाद बिरामी को अबस्था अति नै नाजुक छ । सेवा नै धर्म हो जति सकिन्छ ।देश बिदेश मा रहनु हुने महानुभाबहरुलाई सहयोग को लागि अनुरोध गर्द्छु ।