काठमाडौं । नेपाल तामाङ संस्कृति घेदुङको अध्यक्षमा फेरि छेवाङ तेन्जिङ लामा चयन हुनु भएको छ ।
काठमाडौंमा शनिबार सम्पन्न भएको संस्कृति घेदुङको सातौं महाधिवेशनबाट लामा पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सरोज याङ्जो लामा, उपाध्यक्ष दोर्जे तामाङ, उपाध्यक्ष (महिला) रञ्जना मोक्तान, महासचिव रामकृष्ण लो तामाङ, उपमहासचिव विशाल योन्जन, सचिव विजय रुम्बा, सचिव (महिला) विपना लामा र कोषाध्यक्ष योन्जन तामाङ चयन हुनुभएको छ ।
यस्तै संघीय सदस्यहरुमा अमिरकुमार लामा, प्रभात लो, हरिलाल तामाङ, प्रयास तामाङ, विक्रम तामाङ, सूर्य तामाङ, रेशमकुमार स्याउली, कीर्तिमान तामाङ, लक्ष्मी तामाङ, श्री लामा तामाङ, बुधमाया तामाङ, दिलकृष्ण तामाङ, गंगामाया तामाङ र प्रमिला घलान चयन भएको नेपाल तामाङ घेदुङ सूचना, सञ्चार तथा प्रकाशन विभागका प्रमुख तीर्थमान बलले जानकारी दिनुभयो ।
संस्कृति घेदुङको महाधिवेशन शनिबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल तामाङ घेदुङका सल्लाहकार हितबहादुर तामाङले एक भव्य समारोहबीच उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।