काठमाडौं । तामाङ पत्रकार संघको केन्द्रीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
संघको शनिबार काठमाडौंमा भएको सातौं संघीय राष्ट्रिय महाधिवेशनबाट नेत्र तामाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । अध्यक्षमा नेत्र, वरिष्ठ उपाध्यक्षमा तिर्थमान बल, उपाध्यक्षत्रयमा डोल्माछिरिङ तामाङ, साहिला तामाङ, शिशिर दोङ, महासचिव सरस्वती तामाङ, सचिव आदर्श थोकर, जिबी लामा, मिक्साङ वाइबा र कोषाध्यक्ष हिरामान बल चयन हुनु भएको छ ।
केन्द्रीय सदस्य खुलातर्फ अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, श्यामलाल लामा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
वाग्मती प्रदेशबाट केन्द्रीय सदस्यमा आर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ति थिङ, राजकुमार स्याङ्बो, राधिका लो तामाङ, श्यामबहादुर तामाङ चयन हुनुभयो भने कोशी प्रदेशबाट अनुप योन्जन, सन्तोषीकला तामाङ, मधेश प्रदेशबाट साङबहादुर लो (राजु) केन्द्रीय सदस्य बन्नुभएको संघले जनाएको छ ।
महाधिवेशन शनिबार ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री कान्छाराम तामाङले उद्घाटन गर्नुभएको हो ।