काठमाडौं । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार देवेन्द्र पौडेल ११ बुँदे स्थानीय प्रतिबद्धता बोकेर जनताको घरदैलोमा गइरहेका छन् ।
विगतमा यस क्षेत्रबाट पटक पटक निर्वाचित सांसदहरुले स्थानीयको माग र मुद्दालाई वेवास्ता गर्दै आएको जनगुनासो रहेको थियो । गत दुई निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद पौडेलको नवलपरासी प्रवेशले स्थानीयले उनीप्रति आशाको नजरले हेरेका छन् ।
पूर्व शिक्षा, विज्ञान तथा सूचना प्रविधि समेत रहेका उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारका कामले समेत उनलाई आफ्नो उम्मेदवारीलाई बलियो बनाउन मद्दत गरेको छ । उनले स्थानीय आवश्यकताको पहिचान गर्दै सो आवश्यकताको परिपूर्ति र समस्या समाधान गर्नु नै आफ्नो मुख्य एजेन्डा हुने बताएका छन् ।
उनको पक्षमा दिनप्रतिदिन जनलहर बढ्दै गइरहेको छ । पौडेलले आफु विजयको सम्मुख रहेको बताए ।
यस्ता छन् उनको ११ बुँदे प्रतिबद्धता
पौडेलले महेशपुर भन्सारलाई कार्यान्वयनसहित महेशपुरदेखि महलपोखरी, पाल्पा, पोखरासम्म सडक निर्माणसहित प्रमुख सडकको रूपमा विकास गरि अन्य सडकलाई पालिका स्तरीय रिङ्गरोडहरू निर्माण गर्ने प्रतिबद्धता गरेका छन् । शिक्षालाई समयानुकल प्रतिस्पर्धी बनाउन भौतिक र आधुनिक शैक्षिक विकासको लागि प्राथमिकतामा राख्ने पनि उनको प्रतिबद्धता छ ।
त्यस्तै, जिल्लाको एकमात्र पृथ्वीचन्द्र अस्पताललाई १०० शैयाको लागि स्तरोन्नति गरि स्वास्थ्य सेवालाई व्यवस्थित गरि थप सेवाहरू बिस्तार गर्ने र प्रत्येक वडाका स्वास्थ्य चौकीहरूलाई सवलिकरण गर्ने उनको मुख्य प्राथमिकता रहेको छ ।
समग्र कषि क्षेत्रलाई व्यवसायिक बनाउन भौतिक तथा नीतिगत व्यवस्था गर्ने, नवलपरासी जिल्लाको सदरमुकाम परासीलाई नमूना सहरको रूपमा विकास गराउन गुरुयोजना बनाई अगाडि बढाउने, धार्मिक तथा पर्यटकिय स्थलहरूलाई पहिचान गरी विकास एवम् विस्तार गर्ने र उद्योग तथा कलकारखानालाई व्यवस्थित गर्न उद्योगमैत्री वातावरण बनाई रोजगारको सृजना गर्ने उनले प्रतिवद्धता गरेका छन् ।
त्यसैगरी, खानेपानीको समस्या समाधान गर्ने, डुबान हुने क्षेत्रलाई उचित बिकल्प खोजि न्युनिकरण गर्ने, मुस्लिम, मधेशी, जनजाति, थारु, दलित, महिला, सहिद एवम् घाइते परिवार लगायत उत्पीडित वर्गको हकहित अधिकार सुनिश्चित गराउनका लागि पहल गर्ने उनले बताए ।
उनले बोकेका यि एजेन्डाहरुले नेपाली कम्युनिस्ट पार्टीप्रतिको जनलहर दिनप्रतिदिन बढिरहेको बताइएको छ ।