घलेभन्ज्याङ (नुवाकोट) । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नुवाकोट १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले आफ्नो जित २०० प्रतिशतले निश्चित भइसकेको दाबी गर्नुभएको छ ।
तादी गाउँपालिकामा घरदैलोका क्रममा निवर्तमान सांसद एवं पूर्वमन्त्री तामाङले आफूहरुको जित हुने पक्का भइसकेको बताउनुभएको हो । 'हार्ने कुनै संकेत नै छैन, २०० प्रतिशतले हामी चुनाव जित्छौं,' उहाँले भन्नुभयो ।
उम्मेदवार तामाङले नेकपाको माहोल देखेर मुख्य प्रतिस्पर्धी मानिएको कांग्रेस आत्तिइसकेको टिप्पणीसमेत गर्नुभयो । 'नेकपाको माहोल जताततै देखिइसकेपछि कांग्रेस आत्तिएर वडावडामा अभियान चलाउन लागिसक्यो । मतदाता भेटघाट अभियान,' उहाँले आफ्ना नेता, कार्यकर्तालाई भन्नुभयो, ' भोलिदेखि नै मतदाताहरुलाई भेट्ने कार्यमा तदारुकताका साथ अगाडि बढ्नुस् । ।'
तादी गाउँपालिकामा लोकप्रिय मतसहित आफ्नो पार्टीका उपाध्यक्ष र वडाध्यक्षहरु जितेर काम गरिररहेको प्रति संकेत गर्नुहुँदै उम्मेदवार तामाङले संघ, केन्द्र र स्थानीय तहमा समन्वय गरेर विकास निर्माण र अन्य काम गरिरहेको उल्लेख गर्नुभयो । 'तलदेखि माथिसम्म नेतृत्वको सेट मिलेको छ । समन्वय गरेर काम गरिरहेका छौं,' उहाँले थप्नुभयो, 'देशभरिको माहोल हेर्दा अब चुनावपछि हाम्रो पार्टी नेकपाको सरकार बन्ने अवस्था छ । सरकार बनिसकेपछि अहिले रोकिएका बजेटलाई आव २०८२/८३ को ०८२ भित्रै फुकुवा गर्न लगाएर निर्माण प्रक्रियामा लैजाने भन्ने छलफल चलिरहेको छ । त्यसमा यहाँहरुले साथ दिनुपर्छ । त्यसकारण अब कुनै समस्या हुने छैन भनेर मत दिनुहुने विश्वास मैले लिएको छु ।'
तादीका ६ वटै वडामा हितबहादुर तामाङको घरदैलो: मतदातामा उत्साह
मतदानको समय नजिकिएसँगै उम्मेदवार हितबहादुर तामाङले आफ्नो चुनावी अभियानलाई तीव्र पार्नुभएको छ । दुप्चेश्वर गाउँपालिकाको अभियान सकेर ६ गते बिहानदेखि तादी गाउँपालिका प्रवेश गर्नुभएका तामाङले दुई दिनमा पालिकाका ६ वटै वडाहरुको परिक्रमा गरी घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । यस अभियानमा उहाँलाई साथ दिन प्रदेश सांसद राधिका तामाङ पनि सक्रिय रूपमा सहभागी हुनुभएको थियो ।
यस्तो रह्यो दुई दिने घरदैलो अभियानको रुट
दुप्चेश्वरको कार्यक्रम सकेर तादी प्रवेश गरेको टोलीले ६ गते निकै व्यस्त समय तालिकाका बीच मतदातासँग भेटघाट गरेको थियो ।
वडा नं ४: सुरुमा नौबिसे, ढाडे, बर्मेचौर, तामे र भंगेरीका मतदातासँग भेटघाट ।
वडा नं २: त्यसपछि चिलाउने, सत्तार, मैदान र छापथोको घरदैलो ।
वडा नं ३: टुटुङ्ग क्षेत्रको कार्यक्रम सकेर टोली साँझ बास बस्न वडा नं १ को धन्सार पुगेको थियो ।
अभियानको दोस्रो दिन अर्थात् ७ गते बिहानैदेखि टोली पुनः सक्रिय भयो :
वडा नं १: धन्सारबाट ओख्रे, काल्चे हुँदै उर्लेनी,
वडा नं ५ र ६: नर्जा,बाहुनबेसि पौवाथोक गैरिगाउ चामोट आलडाडा, कटुन्जे, आत्मारा लगायतको ठाउँहरुमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन् । तादी गाउँपालिकाको कार्यक्रम सकेर टोली अब सूर्यगढी गाउँपालिका प्रवेश गर्ने कार्यक्रम तय भएको प्रचार प्रसार समितिका संयोजक सुशील सिंह ठकुरीले जानकारी दिनुभएको छ ।
तादी गाउँपालिकामा गरिएको घरदैलो अभियानको क्रममा देखिएको जनसहभागिता र मतदाताको प्रतिक्रियालाई विश्लेषण गर्दा हितबहादुर तामाङको स्थिति बलियो देखिएको छ ।
१. मतदाताको उत्साह र भरोसा: लामो समयदेखि राजनीतिमा सक्रिय र विकासप्रेमी नेताको छवि बनाएका तामाङप्रति मतदाताहरूमा विशेष उत्साह देखिएको छ । मतदाताहरूले उहाँलाई 'इमान्दार र विकासवादी' नेताको रूपमा चित्रण गर्दै भोट हाल्न आतुर रहेको प्रतिक्रिया दिएको ठकुरीले बताउनुभयो ।
२. विपक्षीको तुलनामा बलियो उपस्थिति: अन्य प्रतिस्पर्धी उम्मेदवारहरूको तुलनामा हितबहादुर तामाङको जनधार फराकिलो देखिएको छ । तादीका ६ वटै वडामा देखिएको जनलहरले उहाँको जित सुनिश्चित जस्तै रहेको स्थानीय मतदाताहरूको भनाइ छ ।
३. विकासप्रतिको प्रतिबद्धता: प्रदेश सांसद राधिका तामाङको साथ र विगतमा गरेका कामहरूका जसका कारण पनि मतदाताहरू विश्वस्त देखिएका छन् । जनताले भाषणभन्दा पनि काम गर्ने नेता खोजिरहेको अवस्थामा हितबहादुर तामाङ उनीहरूको रोजाइमा परेको देखिन्छ ।