काठमाडौं । नेपाल तामाङ घेदुङको १० औं सङ्घीय अध्यक्षमा रामकृष्ण ब्लोन भारी मतका साथ निर्वाचित हुनुभएको छ । ब्लोनले आफ्ना ४ प्रतिद्वन्द्वीलाई पछि पार्दै १० औ अध्यक्षमा निर्वाचित हुनुभएको हो । ब्लोनको पक्षमा ३ सय ६ मत खसेको थियो ।
सह– अध्यक्षमा सरोज मोहन लामा, वरिष्ठ उपाध्यक्षमा सन्चु ब्लोन , उपाध्यक्षहरूमा काजिमान थिङ, दिनेश कुमार लो , पासाङ दोर्जे लामा, प्रेम लो तामाङ निर्वाचित हुनुभएको छ ।
महिला उपाध्यक्षमा दीना लामा, बिना मम्बा तामाङ, महासचिवमा लिलाकुमार ग्लान, उम– महासचिव खुल्लामा निर्मल बहादुर तामाङ, बिलाम मोक्तान र उप – महासचिव महिला श्रमिक लामा निर्वाचित हुनुभएको हो ।
सचिवमा सुनिल मोक्तान, सुन्दर थोक तामाङ, हिरालाल तामाङ, उषा वाइबा र सङ्गीता तामाङ पाख्रीन निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा तिर्थमान बल, सहः कोषाध्यक्षमा सिता चोदेन तामाङ निर्वाचित हुनुभएको छ ।
( नामावली सहित )




