काठमाडौं । नेपाल तामाङ घेदुङले दशौं महाधिवेशनको याम्बु का –लेङमो अर्थात काठमाडौं घोषणा पत्र जारी गरेको छ । जेठ १ देखि ३ काठमाडौंमा सम्पन्न भएको महाधिवेशनले ३ वर्ष कार्यकालको लागि रामकृष्ण ब्लोनको अध्यक्षतामा २१ पदाधिकारी सहित ७३ जनाको संघीय कार्यसमितिको नयाँ नेतृत्व चयन गरेको घेदुङले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
घेदुङको जेठ ९ गते बसेको पहिलो पदाधिकारी बैठकले पदाधिकारीहरूको कार्यविभाजन गर्नुका साथै घेदुङको अभियान सम्बन्धी अभिमुखीकरण जेठ २३ र २४ गते प्रशिक्षण र तीन वर्षे कार्ययोजना तर्जुमा गर्ने जनाएको छ ।
घेदुङको घोषणा पत्रमा तामाङको पहिचान, राजनैतिक, आर्थिक, पर्यटन उद्योग क्षेत्र, संस्कृति र प्रदर्शनकारी लोक कला विषय, प्राचीन बाह्रा तामाङ शासकीय प्रणालीको विषयलाई समेटिएको छ । यि विषयमा घेदुङले प्राथमिकताका साथ काम गर्ने जनाएको छ ।
तामाङ पहिचानको लागि आफ्नो नाम थरको पछाडी अनिवार्य तामाङ लेख्न र लेखाउन लगाउने अभियान अगाड़ी बढाउने उल्लेख गरिएको छ ।
तामाङजातिको सघन बसोबास रहेको क्षेत्रमा रहेको विद्यालयहरू तामाङभाषा र तामयीग लिपिमा पठानपाठनको व्यवस्थाको लागि नेपाल तामाङ घेदुङका महाधिवेशनमा निवार्चित सबैले यथासिघ्र प्रयत्न गरिने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।
साथै १० तामाङजातिको पहिचानको महत्वपूर्ण अंग भेषभूषाको बढ्दो प्रयोग र उत्साहपूर्ण वृद्धिविकासलाई प्रोत्साहन गर्दै तामाङ जातिका पोषाकको अभिलेखिकरण गर्नुका साथै एकरूपताका लागि अध्ययन गरी तामाङ भेषभूषा परिचय प्रकाशित गरिने जनाएको छ ।
४० तामाङजातिको धाकथलोको नामहरू अन्यभाषाहरूमा बदलि रहेको सन्दर्भमा तामाङ बस्ती र स्थान नामहरू सबैलाई तामाङ भाषामा पहिले देखिनै रहेको नाममा फर्काउने र तामाङ नामलाई नै पूनर नामकरण गर्ने कार्य सिघ्र गरिने जनाएको छ ।
यस्तै घेदुङले पत्रकार सम्मेलनमा महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको कार्यविभाजन गरिएको छ ।
सहअध्यक्ष सरोजमोहन तामाङलाई प्रशिक्षण तथा ताम्सालिङ आन्दोलन, भ्रातृसङ्गठन समन्वय, बरिष्ठ उपाध्यक्ष संचु ब्लोन तामाङलाई जातीय संघ र संस्था तथा अनुगमन, मुल्याङकन समन्वय, उपाध्यक्ष विना मन्वा तामाङ आदिवासी जनजाति महासंघ समन्वयको जिम्मेवारी विभाजन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
उपाध्यक्षहरू रूप योञ्जन प्रवास, पासाङ दोर्जे तामाङ कोशी प्रदेश, काजिमान थिङ तामाङ मधेश प्रदेश, दिनेश लो तामाङ वाग्मती प्रदेश, प्रेम लो तामाङ गण्डकी प्रदेश, दिना लामा तामाङलाई लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश समन्वयको जिम्मेवारी तोकिएको छ ।
यस्तै महासचिव लिलाकुमार ग्लान तामाङलाई लिपि विवाद, सङ्घर्ष समिति, विधान संसोधन समन्वयको जिम्मेवारी प्रदान गरिएको छ । उपमहासचिवहरू विलाम मोक्तान तामाङ, मातृभाषा परियोजना, निर्मल बहादुर तामाङ कार्यालय सञ्चालन, जनसम्पर्क र श्रमिक लामा तामाङलाई विभाग समन्वयको जिम्मेवारी तोकिएको छ ।
सचिवहरू सुनिल मोक्तान तामाङ वाग्मती प्रदेश सहसंयोजन, सुन्दर थोकर तामाङ जिल्ला समन्वय, सङ्गीता तामाङ भातृ सङ्गठन सह समन्वय, हिरालाल तामाङ विपद व्यवस्थापन समन्वय तथा कोशी प्रदेश सहसंयोजन, सचिव उषा वाइबालाई चाडपर्व व्यवस्थापन समन्वयको जिम्मेवारी तोकिएको छ ।