सिन्धुली । मरिण गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानको अध्यक्षतामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाबाट सञ्चालित विभिन्न विकास निर्माण, सेवा प्रवाह, योजना तथा कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाका विषयमा समीक्षा तथा छलफल गरिएको थियो।
वार्षिक समीक्षा कार्यक्रमले विगत वर्षका कार्यसम्पादनको मूल्याङ्कन गर्दै आगामी दिनमा गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा जनमुखी बनाउँदै विकासका गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, कार्यपालिका सदस्य, वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शाखा प्रमुखहरू लगायत गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।