काठमाडौं । नेकपाका नेता लेखनाथ दाहाल (राजन)ले रास्वपामा पुगेका व्यक्तिहरू अर्का पार्टी छोडेका, ठग– अराजक र आपराधिक पृष्ठभूमिको भएको आरोप लगाउनु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी सिन्धुली– काठमाडौं सम्पर्क समिति द्वारा आयोजित एकता बैठक तथा राष्ट्रिय जागरण अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रिय सदस्य समेत रहनु भएका नेता दाहालले यस्तो आरोप लगाउनु भएको हो ।
राम्रो पृष्ठभूमि नभएका व्यक्तिहरू रास्वपामा भएको हुँदा जनताले अबको निर्वाचनमा नपत्याउने नेता दाहालले जिकिर गरे ।
रास्वपाको सरकारले नागरिकको पक्षमा काम नगरेको भन्दै उहाँले जनता नेकपाको पक्षमा भएको पनि बताउनुभयो ।
यस्तै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार राष्ट्रियता, जनतन्त्र र जनजिविका तीनै पक्षमा असफल भएको उहाँको तर्क छ ।
साथै उहाँले ‘न यो सरकार विपद्मा त न विकासमा छ ? प्रलयकारी भोटेकोशी बाढीबाट जनता प्रताडित भएको अवस्थामा ३ महिना पुग्दै गर्दा सरकार पुनः निर्माण अभियानमा लागेको छैन् ।’
‘नागरिक समस्यामा हुँदा पनि रास्वपाका सांसद विदेश घुम्न, फजुल खर्चमा व्यस्त छन् तर राष्ट्र र जनता प्रति जिम्मेवार छैन् । महङ्गी चारसय गुण बढेका छ, कालो बजारी, तस्करी, अन्तराष्ट्रिय समुदाय असन्तुलित छ, कूटनितिक मर्यादा थाहाछैन , सिंहदरबारलाई हिरासत बनाएको छ, जसलाई मन लाग्यो त्यसलाई केरकार गर्ने प्रधानमन्त्री कार्यालय बनेको छ ।’ भन्नुभयो ।
‘सरकार संविधान र प्रचलित कानूनको विरुद्धमा सञ्चालन भएको र जनता प्रति उत्तरदायी छैन् त्यसकारण यो सरकार असफल छ,’ उहाँले भन्नुभयो ।
कर र कमिसनको दर बढेको आरोप लगाउँदै नेता दाहालले सत्तामा भ्रष्टाचार हुन्छ भनेर फाइल खोल्न नेकपाले सुरु गरेको बताउनुभयो ।
सरकारले एउटा पनि सत्ता भ्रष्टाचारको फाइल नखोलेको उल्टै आफ्नो विरोधीलाई आतङ्कित गर्दै तह लगाउँने प्रक्रिया गर्ने र प्रमाण नपुर्याइ गिरफ्तार गर्ने र छोडिदिने गरेको बताउनुभयो ।