सिन्धुली । राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ पलासेमा आज दुर्घटना हुदाँ १५ जना यात्रु घाईते भएका छन् । जनकपुरबाट काठमाडौंतर्फ जादै गरेको म.प्र.०४–००१ ज ०२४३ नं.को विङ्गर गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका ७ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काठमाडौं पठाइएको गम्भीर घाइतेहरुमा नाम,ठेगाना नखुलेको अंन्दाजी ३५÷४० का एक पुरुष, धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं.९ बिर्ता बस्ने अंन्दाजी ३५ बर्षिया सिता यादब, सिता यादबको छोरा १४ बर्षिया पियुस गोहित, ३ बर्षिया ओम साह, धनुषाकै सहिदनगर नगारपालिका वडा नं.७ बस्ने १५ बर्षिया प्रिन्स साह रहेका छन् ।
धनुषा सहिदनगर नगरपालिका वडा नं.७ कै ३९ बर्षिया स्याम बहादुर मण्डल र धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.२३ का दिपेन्द्र यादवलाई पनि काठमाडौं पठाईएको छ ।
काठमाडौं पठाईएका सबै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका अन्य घाईतेहरुमा चालक जिल्ला धनुषा शहिदनगर नगरपालिका ४ का वर्ष ३६ का दिपक कुमार दास, धनुषा सहिदनगर नगरपालिका वडा नं.७ का बर्ष १७ की रानि कुमारी मण्डल, सिता यादबको छोराछोरीहरु बर्ष १५ का आयुस गोहित, बर्ष १२ की रुबी गोहित छन् ।
घाइते हुनेमा ठेगाना नखुलेको भैसेपाटी ललितपुर बस्ने बर्ष २६ की प्रियङ्का साह, निजको छोरीहरु बर्ष १६ की जेनी साह, बर्ष ११ की सफल्ता साह र धनुषा सहिदनगर नगरपालिका वडा नं.७ बस्ने बर्ष ६२ को रामदेउ साह पनि दुर्घटनामा परी घाईते भएका छन् ।
गाडी आफै अनियन्त्रित भई सडकबाट अंन्दाजी २० मिटर तल अधेरी खोलाको बगरमा खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।