काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जिम्बाब्वे ए विरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार शुरु हुने शृंखलामा जिम्बाब्वेको ए टिमविरुद्ध खेल्ने १६ सदस्यीय नेपाली राष्ट्रिय टोलीको आज घोषणा गरिएको हो । क्यानले सन्दीप लामिछानेको कप्तानीमा आशिफ शेख, देव खनाल, दीपेन्द्रसिह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल केसी, कुशल भूर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुसन भारी, अदिल अन्सारी रहेको टोलीको शुक्रबार घोषणा गरेको हो ।
नेपाली टोलीले घरेलु मैदानमा जिम्बाब्वे ए विरुद्ध ३ एकदिवसीय र ३ टी–२० शृंखला खेल्नेछ। यसका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण जारी छ । एकदिवसीय शृंखला वैशाख १७ गते शनिबार शुरु हुँदैछ। दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ। टी-२० सिरिज भने वैशाख २३ देखि २६ सम्म हुनेछ ।
१० दिन चल्ने सिरिजमा जिम्बाब्वेका राष्ट्रिय टोलीमा रहेका खेलाडीसमेत सहभागी रहनेछन् ।