काठमाडाैं । गैरआवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति, फुकुओका नेपाल सोसाईटीलगायत क्युस्युमा अवस्थित संघसंस्थाहरूको आयोजनामा आगामी अगष्ट ६ तारिखका दिन शनिबार फुकुओका सहरको तेन्जिन चियो पार्कमा १० औं नेपाल फेस्टिबल फुकुओका आयाेजना गरिने भएकाे छ ।
फुकुओका नेपालीहरुबीच ऐतिहासिक महोत्सवको रुपमा स्थापित याे फेस्टिवलकाे संयाेजककाे जिम्मेवारी एनआरएनए क्युस्यु संयोजक बगाले अर्जुनले पाउनुभएकाे छ । फेस्टिबलमा फुकुओकामा नेपालीपन झल्कने खालका बिशेष कार्यक्रम गरिने छ ।
बिगतदेखि हुँदै आएको यस फेस्टिबलमा नेपाली टिपिकल खाना, नेपालका विभिन्न जातजातिको संस्कृति, भेषभुषाको प्रस्तुति र राष्ट्रिय गौरबहरु गौतम बुद्ध, सगरमाथा आदिको प्रचार गर्दै नाचगानसहित मनोरन्जन दिइदै आएका छ।
सन् २०११ बाट बंगालादेशसँग सहकार्य गर्दै प्रत्येक वर्ष निरन्तर रुपमा सन् २०१९ सम्म बैशाखी मेला हुँदै आज नेपाल फेस्टिवल फुकुओकाको रुपमा स्थापित भएको छ । सुरुवाती क्रममा फुकुओका नेपाल सोसाइटी, एनआरएनए क्युस्यु, फ़ुकुओकका अगुवाहरूले विभिन्न तहबाट मिहनेत गरेर फेस्टिवल बनेको हाे ।
नेपाल फेस्टिवल फुकुओका २०२२ मा जापानस्थित नेपाली राजदूतावास, फुकुओका बाणिज्य दूताबास, फुकुओका प्रिफेक्चर, फुकुओका सिटि अफिस, जापान सरकारको विदेश बिभाग हेर्ने आधिकारिक निकाय फुकुओका इन्टरनेशल एक्सचेन्ज फाउन्डेसन फुकुओका सिटी इन्टरनेशल फाउन्डेसन, निशिनिप्पोन पत्रिका, आर केबिटिभी, एनपिओयू मेक इटलगायत विभिन्न जापानी संघसंस्थाले सहयोग गरिरहेका छन् ।
जापानको क्युस्युमा अवस्थित सामाजिक संघसंस्थाले आफ्नो महत्वपूर्ण कार्ययोजनाको रुपमा याे फेस्टिबललाइ लिइरहेका छन् । फेष्टिबललाइ एनआरएनए क्युस्यु, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबलगायत फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेफिन क्युस्यु, काठमाडाैं फुकुओका लायन्स क्लब र स्पोर्ट क्लबहरुले सक्रिय रुपमा साथ दिइरहेका छन् ।
फेष्टिबलकाे तयारी स्वरूप नेपाली समुदाय र जापानिजहरु रहेको दुइ चरणके नेपाल फेस्टिवल फुकुओका संचालक समिति पनि बनाइएकाे छ । फेष्टिबलमा जापानमा स्थापित कम्पनीहरुको २१ ओटा स्टल बुकिंग भएका छन् । त्यस्तै, क्युस्यु क्षेत्रमा बसोबास गर्ने सांगीतिक क्षेत्रमा लागेका सर्जक, श्रष्टाहरुलाई २०२२ जुलाई १० सम्म सम्पर्कको लागि जानकारी गराएकाे छ । परेड, प्रचार प्रसार, स्वयम् सेबक, आर्थिक संकलनलगायत अन्य बिबिध तयारीहरु व्यापक रुपमा भैरहेको छ। विभिन्न जातीय एवं क्षेत्रीय सघ संस्थाहरुलाई पनि आफ्नोपन झल्कने तयारी गरी सम्पर्क गर्न अनुरोध गरिएकाे छ।